Trending
Prev Story
Next Story

रोड टु फाइनल: अहिलेसम्मको स्थिति लुम्बिनी ३–२ सुदूरपश्चिम

Ekantipur •
November 21, 2026 • 06:02 AM
3
3 reads 0 reactions

अहिलेको स्थिति हो, लुम्बिनी ३–२ सुदूरपश्चिम । यस स्थितिलाई लिएर लुम्बिनीका कप्तान रोहित पौडेलले भनेका छन्, ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ ।’

रोड टु फाइनल: अहिलेसम्मको स्थिति लुम्बिनी ३–२ सुदूरपश्चिम

अहिलेको स्थिति हो, लुम्बिनी ३–२ सुदूरपश्चिम । यस स्थितिलाई लिएर लुम्बिनीका कप्तान रोहित पौडेलले भनेका छन्, ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ ।’

काठमाडौँ — जति बेला लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ, त्यो दुई टिमबीचको छैटौं खेल हुनेछ । अहिलेको स्थिति हो, लुम्बिनी ३–२ सुदूरपश्चिम । यस स्थितिलाई लिएर लुम्बिनीका कप्तान रोहित पौडेलले भनेका छन्, ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ ।’

त्यसको अर्थ हो, दुवै टिम लगभग बराबरको स्थितिमा छन् । यी दुई टिमबीचका पछिल्ला भिडन्त कस्तो रह्यो ? एक नजर त्यसतर्फ ।

सन् २०२४ को पहिलो संस्करणको पहिलो खेल सुदूरपश्चिमको पक्षमा रह्यो, ४५ रनले । त्यसमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ८७ रन बनाएको थियो । त्यसमा ओपनर सइफ जइबले ६१ बलमा ९० रन बनाए । जवाफमा लुम्बिनीले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । जइबले बलिङमा पनि राम्रो गरे र तीन विकेट लिए ।

दोस्रो सिजनको लिग चरणको खेल पनि सुदूरपश्चिमकै नाममा रह्यो । यसमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा सबै विकेट गुमाउनर अगाडि १ सय ४३ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले तीन विकेट गुमाएर १८.२ ओभरमा १ सय ४५ रन बनायो । यो जितका नायक रहे, विकेटकिपर ब्याटर विनोद भण्डारी । उनी ६९ रन बनाएर नटआउट रहे ।

दोस्रो सिजनको फाइनल हो, यो । लुम्बिनी यसमा छ विकेटले सजिलै विजयी रह्यो र उपाधि चुम्न सफल रह्यो । यो जितसम्म पुग्दा ६६ बलको खेल बाँकी थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रन मात्र बनाएर अलआउट भएको थियो । यस्तोमा सुदूरपश्चिमले चार विकेट गुमाएर ८६ रन बनायो । यसमा ओपनर दिनेश अधिकारीले ४२ रन बनाए, त्यो पनि १३ बलमै ।

तेस्रो सिजनको पहिलो खेलमा पनि ब्याटबाट सुदूरपश्चिमको प्रदर्शन निकै खराव रह्यो । पहिले ब्याटिङ गरेको सुदूरफश्चिमले १७.२ ओभरमा अलआउट हुन अगाडि ८७ रन मात्र बनाएको थियो । किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए । जवाफमा लुम्बिनी ९.५ ओभरमै जितसम्म पुगेको थियो, तीन विकेट गुमाएर । यसमा ओपनर डार्सी सर्टले ४० रन बनाए ।

क्वालिफायर–टुको यो खेलमा पनि सुदूरपश्चिमको ब्याट चल्न सकेन् । फेरि एकपल्ट पहिले ब्याटिङ गरेको टिम आठ विकेट गुमाएर १ सय ५ रनमै रोकियो । दीपेन्द्रसिंह ऐरीले ५२ रन नबनाएको भए, स्थिति अझ कमजोर हुने थियो । जवाफमा लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर १ सय ८ रन बनायो । निरोशन डिकवेल ५९ रन बनाएर नटआउट रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु ह...

#लुम्बिनी #सुदूरपश्चिम #फाइनल
Compare →
Nagarik News
10h ago
एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

#लुम्बिनी #सुदूरपश्चिम #फाइनल
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#लुम्बिनी #सुदूरपश्चिम #फाइनल
Compare →
Onlinekhabar
23h ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले एक परिवर्तन गरेको छ …

#लुम्बिनी #सुदूरपश्चिम
Compare →
Arthasansar
8h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612