Trending
Prev Story
Next Story

सरकारले परिमार्जन गरेका कानुन तल्लो तहबाटै कार्यान्वयन भए नभएको हेर्न जरुरी छ : ढकाल

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनाका लागि सरकारले परिवर्तन गरेका कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

सरकारले परिमार्जन गरेका कानुन तल्लो तहबाटै कार्यान्वयन भए नभएको हेर्न जरुरी छ : ढकाल

कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनाका लागि सरकारले परिवर्तन गरेका कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले नयाँ सरकार बनेपछि कानुनहरू परिवर्तन भएको र त्यसको कार्यान्वयन तल्लो तहबाटै भए नभएको हेर्न जरुरी रहेको बताएका छन् ।

‘म महासंघको अध्यक्ष भइरहेका बेला निजी क्षेत्रको मनोबल बढाउने सम्बन्धमा कानुन परिमार्जनका कुरा लेखेर दिएका थियौँ । अहिलेको सरकार आएपछि शासकीय सुधारका १०० बुँदे कार्यक्रममा राखेर मन्त्रिपरिषद्बाट हुबहु पास भएको थियो,’ कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने’मा उनले भने, ‘कानुनहरू परिवर्तन भए पनि धेरै कानुन कार्यान्वयनमा नआएको अवस्था छ ।’ सरकारले ल्याएका र परिमार्जन गरेका कानुनहरू वास्तविक रूपमा कार्यान्वयनमा आएका छन् कि छैनन्, हेर्न जरुरी रहेको उनको भनाइ छ ।

‘निजी क्षेत्रको लगानी बढाउन, आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्नका लागि सरकार लागिरहेको कुरा विभिन्न मन्त्रीहरूले भन्दै आउनुभएको छ । रामेश्वर खनाल अर्थमन्त्री हुँदा उच्चस्तरीय सुधार आयोगले दिएको सुझावअनुसार पनि केही कानुन परिवर्तन भए,’ ढकालले भने, ‘आम सर्वसाधारण, व्यवसायीका लागि भनेर ल्याइएको लगानी प्रवर्द्धन गर्ने कानुन तल्लो तहबाटै कार्यान्वयन भयो कि भएन भनेर हेर्न जरुरी छ ।’ उद्योगको क्षमता बढाउने, लगानी बढाउने र नयाँ उद्योग खोल्ने कुरा त्यसैमा निर्भर हुने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ । संविधान, कानुन र …

#कानुन
Compare →
Hamro Patro News
2d ago
मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिदै

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिदै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत ...

#ढकाल
Compare →
Bizshala
2d ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

#ढकाल
Compare →
Nagarik News
3d ago
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन्।

#कार्यान्वयन
Compare →

Related Stories

Business & Economy
Build #2612