Trending
Prev Story
Next Story

समृद्धि र उद्योग स्थापनाका लागि १० वर्षे स्थायी नीति चाहिन्छ : वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

नीतिगत अस्थिरता, स्थानीय तहको कर तथा प्रशासनिक झन्झटका कारण उद्योगीहरू निराश बनेको र नयाँ उद्योगमा लगानी गर्न नसकेको उनको भनाइ छ ।

समृद्धि र उद्योग स्थापनाका लागि १० वर्षे स्थायी नीति चाहिन्छ : वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल

नीतिगत अस्थिरता, स्थानीय तहको कर तथा प्रशासनिक झन्झटका कारण उद्योगीहरू निराश बनेको र नयाँ उद्योगमा लगानी गर्न नसकेको उनको भनाइ छ ।

काठमाडौँ — उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले उद्योग स्थापना र लगानीको वातावरण बनाउन सरकारले कम्तीमा १० वर्ष स्थायी नीति बनाउनुपर्ने बताएका छन् । नीतिगत अस्थिरता, स्थानीय तहको कर तथा प्रशासनिक झन्झटका कारण उद्योगीहरू निराश बनेको र नयाँ उद्योगमा लगानी गर्न नसकेको उनको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ मा बोल्दै दुलालले उद्योग सञ्चालनका लागि नीतिगत स्पष्टता र उद्योगीको सुरक्षा नहुँदा निजी उद्यमीहरू निराश हुन थालेको बताए ।

दुलालले उद्योग स्थापना गर्नेदेखि उत्पादन सुरु गर्दासम्म अनेकौँ अवरोध झेल्नुपर्ने बताए । स्थानीयको विरोध, करको समस्या, कर्मचारीको समस्या लगायतले उद्योग सञ्चालन गर्न चुनौती भएको उनको भनाइ छ ।

‘सम्भावनाका कुरा देखाउन सकिन्छ, तर त्यसलाई लगानीमा रूपान्तरण गर्ने बेलामा ९० प्रतिशतबाट १० प्रतिशतमा झर्छन् । उद्योग खोल्ने बेलासम्म दुई प्रतिशत मात्रै बाँकी रहन्छन् र उत्पादन गर्ने अवस्थामा एक प्रतिशत मात्रै पुग्छन्,’ उनले भने, ‘उत्पादन गरेर समृद्धितर्फ अघि बढ्ने उद्योगको संख्या निकै कम छ । यही कारण नेपालमा उद्योग स्थापना र प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
दलहरूलाई आयोगले भन्यो– प्रदेश र स्थानीय चुनावको मितिबारे राजनीतिक सहमति होस्

दलहरूलाई आयोगले भन्यो– प्रदेश र स्थानीय चुनावको मितिबारे राजनीतिक सहमति होस्

४ मंसिर, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरूले स्थानीय र …

#तहको #नीति
Compare →
Hamro Patro News
3d ago
नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको र त्यसको कारण नीतिगत सुधार भएको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित...

#नीतिगत #नीति
Compare →
Nagarik News
1d ago
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्।

#समृद्धि #उपाध्यक्ष
Compare →

Related Stories

Business & Economy
Build #2612