Trending
Prev Story
Next Story

सरकारले मौखिक रूपमा भनेर मात्रै व्यावसायिक वातावरण बन्दैन, लिखित नीतिमा भर पर्छ : प्रकाश मुन्दडा

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

सरकारले बजेटमा गर्ने घोषणा र नीतिगत व्यवस्थाबीच तालमेल हुन नसकेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मुन्दडाले बताए । सरकारले एकथरी कुरा गर्ने तर नीतिगत व्यवस्थाले व्यवसायीलाई अपेक्षित प्रभाव नपार्ने अवस्था रहेको उनको भनाइ थियो ।

सरकारले मौखिक रूपमा भनेर मात्रै व्यावसायिक वातावरण बन्दैन, लिखित नीतिमा भर पर्छ : प्रकाश मुन्दडा

सरकारले बजेटमा गर्ने घोषणा र नीतिगत व्यवस्थाबीच तालमेल हुन नसकेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मुन्दडाले बताए । सरकारले एकथरी कुरा गर्ने तर नीतिगत व्यवस्थाले व्यवसायीलाई अपेक्षित प्रभाव नपार्ने अवस्था रहेको उनको भनाइ थियो ।

काठमाडौँ — नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले सरकारले मौखिक रूपमा लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएर मात्रै व्यावसायिक वातावरण नबन्ने बताएका छन् । त्यसका लागि सरकारले ल्याउने लिखित नीति र त्यसको कार्यान्वयन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ सत्रमा बोल्दै मुन्दडाले व्यवसायीले आफ्नो अधिकांश समय व्यवसाय सञ्चालनभन्दा अन्य व्यवस्थापकीय काममा खर्च गर्नु परिरहेको समेत बताए ।

‘हामीले व्यवसायका लागि भन्दा पनि ८० प्रतिशत समय अरू व्यवस्थापनमा लगाउनुपरेको छ भने २० प्रतिशत समय मात्रै व्यवसायलाई दिन पाइरहेका छौँ । हुनुपर्ने यसको उल्टो हो,’ उनले भने ।

व्यावसायिक वातावरण सुधारको विषय उठाउन थालेको लामो समय भए पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो । ‘हामी २०–२५ वर्षदेखि एउटै कक्षामा फेल भएजस्ता भइरहेका छौँ । यो अवधिदेखि व्यावसायिक वातावरणका लागि भनिरहनुपरेको छ,’ उनले भने ।

उनले व्यवसायलाई गाडीसँग तुलना गर्दै त्यसका सबै पाङ्ग्रा ठिक अवस्थामा हुनुपर्ने बताए । उनका अनुसार पुँजी, पूर्वाधार, मनोबल र नीति व्यवसायका महत्त्वपूर्ण आधार हुन् । यीमध्ये कुनै एउटामा समस्या भए पनि व्यवसाय दिगो हुन नसक्ने उनको भनाइ छ ।

‘सरकारले मौखिक रूपमा भनेका कुराले मात्रै व्यवसायको वातावरण बन्दैन । लिखित नीति कस्ता आउँछन्, त्यसमा भर पर्छ,’ उनले भने ।

सरकारले बजेटमा गर्ने घोषणा र नीतिगत व्यवस्थाबीच पनि तालमेल हुन नसकेको उनले बताए । सरकारले एकथरी कुरा गर्ने तर नीतिगत व्यवस्थाले व्यवसायीलाई अपेक्षित प्रभाव नपार्ने अवस्था रहेको उनको भनाइ थियो ।

व्यवसाय विस्तार गर्ने सोच बनाउँदा विभिन्न कारणले व्यवसायी प्रभावित हुने गरेको उनले बताए । कहिले बजार गुम्ने, कहिले अनौपचारिक अर्थतन्त्रले व्यावसायिक वातावरण बिगार्ने, कहिले ब्याजदर र सरकारी नीतिले असर गर्ने गरेको उनको भनाइ छ । यसले व्यवसायीको मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पारिरहेको उनले बताए ।

गत वर्ष व्यवसायीहरूको सम्पत्तिमाथि भएको आक्रमणले निजी क्षेत्रको मनोबल थप कमजोर बनाएको उनको भनाइ थियो । यस्तो अवस्थामा पनि सरकारले केही आधारभूत विषयमा तत्परता देखाए व्यावसायिक वातावरण बन्ने उनले बताए ।

मुन्दडाले औद्योगिक क्षेत्र विकासका लागि त्यहाँ जग्गा उपलब्ध गराउनुपर्ने मागसमेत दोहोर्‍याए । उनका अनुसार त्यहाँ करिब ६५० बिघा जग्गालाई आर्थिक क्षेत्रका रूपमा विकास गरिदिन सरकारसँग धेरै अघिदेखि माग गरिरहेको भए पनि पूरा नभएको उनले बताए ।

यो सरकार पहिलोपटक आएको भन्दै आलोचना गर्ने आफ्नो उद्देश्य नभएको तर सरकारले प्रतिबद्धता गरेअनुसारको सुधारले गति लिन नसकेको उनले बताए । मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : मन्त्री मेहता

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताएकी छिन्।

#वातावरण
Compare →
Bizshala
4h ago
लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

काठमाण्डौ । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको लगानी आकर्षण तथा पूर्वाधार विकासलाई गति...

#वातावरण
Compare →
Hamro Patro News
23h ago
ट्रम्प र पुटिनसँग सीले भने, ‘परमाणु हतियार मानवतामाथि झुन्डिएको तरबार, पूर्ण रूपमा हटाउनुपर्छ’

ट्रम्प र पुटिनसँग सीले भने, ‘परमाणु हतियार मानवतामाथि झुन्डिएको तरबार, पूर्ण रूपमा हटाउनुपर्छ’

सेन्जेन- चीनका राष्ट्रपति सी चिनफिङले परमाणु हतियार मानवतामाथि झुन्डिएको तरबार भएको टिप्पणी गर्दै तिनलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताएका छन्। चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखबीच बिहीबार ची...

#रूप #पर्छ
Compare →

Related Stories

World News
Build #2612