Trending
Prev Story
Next Story

अर्थतन्त्र सुधार्न अर्थमन्त्री वाग्लेले देखाएका ८ बाटो

Ekantipur •
November 20, 2026 • 10:02 AM
8
8 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा उनले सरकारको आर्थिक दृष्टि, अघि बढाएका सुधार र निजी क्षेत्रसँगको साझेदारीसम्बन्धी विषयहरू प्रस्तुत गरेका हुन् ।

अर्थतन्त्र सुधार्न अर्थमन्त्री वाग्लेले देखाएका ८ बाटो

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा उनले सरकारको आर्थिक दृष्टि, अघि बढाएका सुधार र निजी क्षेत्रसँगको साझेदारीसम्बन्धी विषयहरू प्रस्तुत गरेका हुन् ।

विराटनगर — अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री वाग्लेले ८ बुँदा अघि सारेका छन् । कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा उनले सरकारको आर्थिक दृष्टि, अघि बढाएका सुधार र निजी क्षेत्रसँगको साझेदारीसम्बन्धी विषयहरू प्रस्तुत गरेका हुन् ।

उनले ती ८ बुँदालाई संकटको व्यवस्थापनसँगै सुधारको यात्रा, रूपान्तरणकारी बजेटदेखि निरन्तर आर्थिक सुधारसम्म, अब निजी क्षेत्रले पनि लगानीको गियर बदल्नुपर्छ, सुशासनको आर्थिक लाभ अब निजी क्षेत्रले लिनुपर्छ, लगानीको सुरक्षा र विश्वासको वातावरण, अबको चार महिना : सुधारलाई परिणाममा बदल्ने समय, उत्पादन लागत घटाउने, रोजगारी बढाउने र मूल्यवृद्धिको दबाब कम गर्ने र उज्यालो पूर्व : नयाँ औद्योगिक यात्राको सम्भावनामा समेटेका छन् ।

कार्यक्रममा उनले सरकारको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका चुनौती सामान्य नरहेको र लामो समयदेखिको आर्थिक शिथिलता, कमजोर निजी लगानी, उत्पादनशील क्षेत्रको सीमित विस्तार, रोजगारीका अपर्याप्त अवसर र आर्थिक संस्थाप्रतिको घट्दो विश्वास सरकारका सामु रहेको बताए । सरकारले एकैसाथ दुईवटा जिम्मेवारी निर्वाह गर्नुपरेको उनले बताए । तत्कालीन संकट सम्हाल्ने र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेका संरचनागत समस्याको समाधान गर्ने । संकटका बीच पनि सरकारले सुधारको गति नरोकेको र आर्थिक स्थायित्व कायम राख्दै लगानीको विश्वास फर्काउने, सार्वजनिक संस्थाको कार्यशैली बदल्ने र उत्पादनशील अर्थतन्त्रको आधार निर्माण गर्ने प्रयास बढाएको उनले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटलाई नियमित आय–व्ययको दस्ताबेजमा सीमित नराखेको र त्यसलाई आर्थिक रूपान्तरणको आधार बनाउने प्रयास गरेको मन्त्री वाग्लेले बताए । यस्तै, कर प्रणालीलाई सरल र प्रतिस्पर्धी बनाउने, उद्योगको उत्पादन लागत घटाउने, लगानी प्रक्रियाका अवरोध हटाउने, सार्वजनिक निर्माण प्रणालीमा सुधार गर्ने, वित्तीय क्षेत्रलाई सुदृढ बनाउने र नयाँ आर्थिक सम्भावनालाई प्रोत्साहन गर्ने दिशा बजेटले लिएको उनले बताए । सरकारले अर्थतन्त्रमा केही समयका लागि उत्साह सिर्जना गर्नु मात्र नभई लगानी र उत्पादनलाई निरुत्साहित गर्दै आएका संरचनागत समस्याको समाधान गर्नु रहेको बताए ।

यस्तै, उनले अब निजी क्षेत्रले पनि लगानीको दिशा र व्यावसायिक सोचमा परिवर्तन ल्याउनुपर्ने बताए । आयात गरेर बेच्ने गतिविधि मात्र विस्तार हुँदै जाने र स्वदेशभित्र उत्पादन, प्रशोधन, नवप्रवर्तन तथा निर्यात अपेक्षित रूपमा नबढ्ने हो भने अर्थतन्त्रको आधार बलियो नबन्ने उनले बताए । अब व्यापारको विस्तारसँगै उत्पादनको विस्तार हुनुपर्ने उनले बताए । कार्यक्रममा उनले सरकारले लगानी गर्न पहुँच नचाहिने, नियम पालना मात्रै गरे पुग्ने अवस्था बनाइरहेको बताए । उनले भने, 'व्यवसाय विस्तार गर्न अनुचित प्रभाव होइन, क्षमता र प्रतिस्पर्धा निर्णायक हुन्छ । हामी सुशासनको लाभ लगानीकर्ता, उद्यमी, श्रमिक र आम नागरिकसम्म पुर्‍याउन चाहन्छौँ ।'

अर्थमन्त्री वाग्लेले कुनै उद्योग वा व्यवसायले असुरक्षाको अनुभूति गरेको छ भने त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । कानुनको परिधिभित्र आवश्यक सुरक्षा र प्रशासनिक सहजीकरण उपलब्ध गराउनु सरकारको दायित्व भएको र सबै उद्यमका लागि समान अवसर, निष्पक्ष प्रतिस्पर्धा र सुरक्षित लगानीको वातावरण चाहेको बताए । यस्तै, उनले अबको चार महिना आर्थिक सुधार अभियानका लागि विशेष महत्त्वपूर्ण हुने बताए । बजेटले तय गरेको दिशा, पुँजीबजार सुधारका प्रतिबद्धता, आउँदै गरेको आर्थिक प्याकेज र त्यसपछिका कानुनी तथा नीतिगत परिवर्तनलाई कार्यान्वयनमा लैजान सरकारले यो अवधिमा विशेष जोड दिएको उनको भनाइ छ ।

उनले कोशी प्रदेशमा कृषि, उद्योग, जलविद्युत्, पर्यटन र सीमापार व्यापारका महत्त्वपूर्ण सम्भावना रहेको तर यी सम्भावनालाई आर्थिक उपलब्धिमा बदल्न उत्पादन, पूर्वाधार, प्रविधि र बजारबीच प्रभावकारी सम्बन्ध निर्माण गर्नुपर्ने बताए । उनले विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको उत्पादनसँग जोड्न, कृषि उत्पादनलाई प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण र निर्यातसँग जोड्न, जलविद्युत्लाई विद्युत् बिक्रीको स्रोतमा मात्र सीमित नराखी औद्योगिक प्रतिस्पर्धात्मक क्षमताको आधार बनाउन र पूर्वी नेपालको भौगोलिक अवस्थिति तथा सीमापार व्यापारिक सम्पर्कलाई उत्पादन र निर्यात विस्तारका लागि उपयोग गर्न सकिने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17h ago
राजस्व चुहावट रोक्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

राजस्व चुहावट रोक्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर पुगे...

#विराटनगर #अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
23h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#विराटनगर #अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
3d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#अर्थतन्त्र
Compare →
Nagarik News
3d ago
ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

#अर्थतन्त्र
Compare →
Arthasansar
5d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612