कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।
सरकारले युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको निरन्तरता र कार्यान्वयनमा समस्या रहेको खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकृति गौतमले प्रकृति गौतमले बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।
‘सरकारले उद्योगलाई ५ प्रतिशत छुट दिएको छ । दीर्घकालीन लगानी हो, एक वर्ष दिइएको कर छुट अर्को वर्ष हटाइन्छ र कुनै सूचना हुँदैन । एउटा सरकारले तोकेको कर अर्को सरकारले जरिवाना तोक्छ । अर्कोमा जाने कि नजाने द्विविधा हुन्छ,’ गौतमले भनिन् ।
युवा उद्यमीलाई सुरुमा बैंकबाट ऋण पाउन सहज नभएको र सुरुमा तीनवटा बैंकले विश्वास नगरेको उनले अनुभव सुनाइन् । सरकारले सफल भइसकेका उद्योगलाई कर छुट र अन्य सुविधा दिने गरे पनि उद्यमलाई सफल बनाउन सहयोग नपुगेको उनको गुनासो छ ।
‘पहिले पैसा कमाऊ अनि सुविधा लेऊ भन्ने सरकारी सोच देखिन्छ । कर छुट पाउन त पैसा कमाउनुपर्यो अनि म छुट लिन्छु,’ गौतमले भनिन् ।
उद्यमीलाई प्रोत्साहन गर्ने मात्र नभई सरकारले आफ्नो नीति र निर्णयमा स्थिरता कायम गर्नुपर्ने उनको भनाइ छ ।