Trending
Prev Story
Next Story

नेपाली कृषि उपजबाटै डलर कमाउन सकिन्छ : सीईओ प्रकृति गौतम

Ekantipur •
November 20, 2026 • 01:02 PM
2
2 reads 0 reactions

एभोकाडोदेखि रैथाने फलफूल र मसलासम्मको प्रशोधन तथा निर्यातमा सम्भावना रहेको भन्दै खेतीपाती अर्गानिककी सीईओ गौतमले नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर डलर कमाउन सकिने बताइन् ।

नेपाली कृषि उपजबाटै डलर कमाउन सकिन्छ : सीईओ प्रकृति गौतम

एभोकाडोदेखि रैथाने फलफूल र मसलासम्मको प्रशोधन तथा निर्यातमा सम्भावना रहेको भन्दै खेतीपाती अर्गानिककी सीईओ गौतमले नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर डलर कमाउन सकिने बताइन् ।

काठमाडौँ — खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकृति गौतमले कृषिबाटै डलर कमाउन सकिने बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा उनले आफ्नो व्यावसायिक अनुभव सुनाउँदै कृषिमा प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् । कृषि उपजबाट आफूले अन्तर्राष्ट्रिय बजारमा राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिइन् ।

सन् २०२१ मा धनकुटामा एभोकाडो कुहिएर खेर गएको देखेपछि पोस्ट हार्भेस्ट उद्योग सञ्चालन गर्ने सोच आएको उनको भनाइ छ । ‘संखुवासभामा फलेको कोइरालाको फूल कतार र मलेसिया कसरी पुर्‍याउने ?’ उनले भनिन्, ‘सुकाउने प्रविधि, रैथाने वस्तु, फलफूल र मसलामा काम गर्न थाल्यौँ । अहिले अन्तर्राष्ट्रिय बजार बनाइसकेका छौँ ।’

‘नेपालबाट अदुवा, छुर्पीलगायत अन्य प्रयोजनका लागि निर्यात हुन्छ । यसबाहेक गुन्द्रुक, भटमास, मकै नेपालीले नै खान्छन् भन्ने हो,’ गौतमले भनिन्, ‘नेपाली कृषि उपजबाटै हामीले डलरमा कमाउन सक्छौँ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
बैंकिङ क्षेत्रमा ठूलो कानुनी सुधारको तयारी, जरिबाना तिरेकै कारण सीईओ अयोग्य नहुने र आयोजना कर्जामा नयाँ व्यवस्था

बैंकिङ क्षेत्रमा ठूलो कानुनी सुधारको तयारी, जरिबाना तिरेकै कारण सीईओ अयोग्य नहुने र आयोजना कर्जामा नयाँ व्यवस्था

काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, धितो व्यवस्थापन, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

#सीईओ
Compare →
Nagarik News
1h ago
इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

#डलर
Compare →
Onlinekhabar
3h ago
फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका …

#गौतम
Compare →
Hamro Patro News
3h ago
बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि चीन सरकारले सहयोग स्वरुप दिएको २ मिलियन अमेरिकी डलर अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ।

#डलर
Compare →
Arthasansar
2d ago
पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयद्वारा अघि सारिएको २१ बुँदे पुँजीबजार सुधार तथा...

#सीईओ
Compare →

Related Stories

Business & Economy
Build #2612