Trending
Prev Story
Next Story

४ दिनमा कालीमाटीमा भित्रियो पौने २३ लाख किलो कृषि उपज

Onlinekhabar •
November 20, 2026 • 09:01 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख थोक कृषि बजार कालीमाटीमा चार दिन अवधिमा २२ लाख ७५ हजार १ सय ९५ किलो (करिब २ हजार २ सय ७५ टन) कृषि उपज तथा माछा भित्रिएको छ …

४ दिनमा कालीमाटीमा भित्रियो पौने २३ लाख किलो कृषि उपज

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख थोक कृषि बजार कालीमाटीमा चार दिन अवधिमा २२ लाख ७५ हजार १ सय ९५ किलो (करिब २ हजार २ सय ७५ टन) कृषि उपज तथा माछा भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको १ देखि ४ मंसिरसम्मको दैनिक आगमन विवरण अनुसार उपत्यकामा आपूर्ति हुने कुल कृषि उपजमध्ये ताजा तरकारीको हिस्सा सबैभन्दा उच्च छ ।

यस अवधिमा सबैभन्दा बढी तरकारी १७ लाख ७४ हजार ८ सय २९ किलो भित्रिएको छ, जुन कुल आगमनको ७८.०१ प्रतिशत हो । त्यस्तै दोस्रो स्थानमा रहेको फलफूल २ लाख ९७ हजार ६५ किलो अर्थात् १३.०६ प्रतिशत भित्रिएको छ भने मसलाजन्य उपज १ लाख ४७ हजार ८ सय ८ किलो (६.५० प्रतिशत) आपूर्ति भएको छ ।

यस अवधिमा ५३ हजार ८ सय ७२ किलो माछा र १ हजार ६ सय २१ किलो अन्य कृषि उपज बजार भित्रिएको समितिले जनाएको छ ।

दैनिक आगमन विश्लेषण गर्दा १ मंसिरमा कुल ५ लाख ८ हजार ५२ किलो कृषि उपज भित्रिएको थियो । जसमा ४ लाख २ हजार ९४ किलो तरकारी, ५२ हजार ४५ किलो फलफूल, ३६ हजार २ सय २१ किलो मसला, १७ हजार ६ सय ३२ किलो माछा र ६० किलो अन्य सामग्री थिए ।

दोस्रो दिन २ मंसिरमा चार दिनकै सर्वाधिक ९ लाख २२ हजार ३ सय ७० किलो कृषि उपज भित्रिएको छ । यस दिन ७ लाख ७२ हजार २ सय ६१ किलो तरकारी, ८८ हजार १ सय ९५ किलो फलफूल, ५२ हजार ७ सय ३४ किलो मसला, ७ हजार ९ सय ७० किलो माछा र १ हजार २ सय १० किलो अन्य उपज आपूर्ति भएको तथ्यांकले देखाउँछ ।

३ मंसिरमा कुल आगमन घटेर ५ लाख ७१ हजार ९ सय ८९ किलोमा सीमित भएको छ । यस दिन ४ लाख ३७ हजार ४ सय ६९ किलो तरकारी, ३३ हजार ६ सय ९३ किलो मसला, ७ हजार ९ सय ३६ किलो माछा र २ सय ५१ किलो अन्य उपज भित्रिँदा फलफूल आगमन भने चार दिनकै उच्च अर्थात् ९२ हजार ६ सय ४० किलो थियो ।

आज भने कुल आगमन घटेर २ लाख ७२ हजार ७ सय ८४ किलोमा झरेको छ । यस दिन १ लाख ६३ हजार ५ किलो तरकारी, ६४ हजार १ सय ८५ किलो फलफूल, २५ हजार १ सय ६० किलो मसला र १ सय किलो अन्य उपज भित्रिएको छ ।

आज माछा आपूर्ति चार दिनकै सर्वाधिक २० हजार ३ सय ३४ किलो पुगेको समितिको विवरणमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1h ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#कृषि #काठमाडौं
Compare →
Nagarik News
1h ago
४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#किलो
Compare →
Ekantipur
1h ago
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

६ मंसिरसम्म चल्ने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण छन् ।

#कृषि
Compare →

Related Stories

Business & Economy
Build #2612