Trending
Prev Story
Next Story

ओडिशाको तटमा ठोक्कियो चक्रवात 'अकवान', ९० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दै

Nagarik News •
November 20, 2026 • 05:36 AM
3
3 reads 0 reactions

चक्रवात 'अकवान' शुक्रबार बिहान करिब ७:३० देखि ८:३० बजेको बीचमा भारतको आन्ध्र प्रदेश र ओडिशाको सीमास्थित गोपालपुर तटमा ठोक्किएको छ।

ओडिशाको तटमा ठोक्कियो चक्रवात 'अकवान', ९० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दै

चक्रवात 'अकवान' शुक्रबार बिहान करिब ७:३० देखि ८:३० बजेको बीचमा भारतको आन्ध्र प्रदेश र ओडिशाको सीमास्थित गोपालपुर तटमा ठोक्किएको छ। चक्रवातको तटमा प्रवेश गर्ने प्रक्रिया अझै जारी रहेको र यो प्रक्रिया थप दुई घण्टासम्म चल्न सक्ने बताइएको छ। यस क्रममा हावाको गति ७० देखि ९० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ।

चक्रवातको प्रभावले ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बंगालमा तीव्र वर्षा भइरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात पछिल्लो ६ घण्टामा २१ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको छ।

ओडिशामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूका लागि दुई हजार ५२३ वटा राहत शिविर स्थापना गरिएको छ भने उद्धारका लागि ४२३ टोली परिचालन गरिएको छ।

पूर्वी रेलवेले ४१ वटा रेल र दक्षिण पूर्व रेलवेले २८ वटा एक्सप्रेस रेल रद्द गरेका छन्। त्यस्तै, २९ वटा रेलको समय परिवर्तन गरिएको छ। चक्रवातको प्रभाव भारतका १० राज्यमा पर्ने बताइएको छ।

ओडिशामा पहिरोको जोखिमलाई मध्यनजर गर्दै दरिङबाडी अग्नि नियन्त्रण सेवा र स्थानीय प्रहरीको टोलीले माथिल्लो किलाबाडी र तल्लो किलाबाडी गाउँबाट ९० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।

पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि संयुक्त उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। टोलीले सबै गाउँलेलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

उद्धार गरिएका मानिसहरूलाई दरिङबाडीस्थित सियाङबली उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी राहत शिविरमा पुर्‍याइएको छ। हाल सबै जना सुरक्षित रहेको बताइएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ११:२१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ

#चक्रवात #किलोमिटर #अकवान
Compare →
Onlinekhabar
2d ago
बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२ मंसिर, काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन् । ‘अर्नब’ र ‘मुरासु’ पछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको छ । नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र …

#चक्रवात #अकवान
Compare →
Hamro Patro News
15h ago
पश्चिम सुर्खेतको सडक स्तरोन्नतिमा तीव्रता, लगाम–धामिसेन १६ किलोमिटर सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा

पश्चिम सुर्खेतको सडक स्तरोन्नतिमा तीव्रता, लगाम–धामिसेन १६ किलोमिटर सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा

सुर्खेत । पश्चिम सुर्खेतको सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै मदन भण्डारी राजमार्गअन्तर्गत लगामदेखि धामिसेनसम्मको १६ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको छ। बड्...

#किलोमिटर
Compare →
Bizshala
1d ago
‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

#चक्रवात
Compare →

Related Stories

World News
Build #2612