Trending
Prev Story
Next Story

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

Nagarik News •
November 20, 2026 • 05:50 AM
3
3 reads 0 reactions

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन्।

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन्।

इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उहाँले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन्।

आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ।

यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन्।

ट्रम्पले तीनै आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम कम गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताए।

उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्‍याए।

यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्‍याएको टिप्पणी गरे।

सामाजिक सञ्जाल एक्समार्फत उनले इरानको आणविक कार्यक्रमसम्बन्धी आरोपपछि अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाइएको भन्दै अमेरिकी दाबीप्रति आपत्ति जनाए।

उनले इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रसङ्ग स्मरण गराउँदै अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताए।

प्रकाशित: ४ मंसिर २०८३ ११:३५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
20h ago
इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

३ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा …

#सैन्य #कारबाही #इजरायली
Compare →
Bizshala
4d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#सैन्य #अमेरिकी
Compare →
Ekantipur
7h ago
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

#कारबाही
Compare →
Hamro Patro News
2d ago
रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ वि...

#सैन्य
Compare →
Arthasansar
5d ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2612