Trending
Prev Story
Next Story

ध्वनि प्रदूषण फैलाउने एक हजार बढी मोटरसाइकललाई कारबाही

Nagarik News •
November 19, 2026 • 12:24 PM
3
3 reads 0 reactions

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजार बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ध्वनि प्रदूषण फैलाउने एक हजार बढी मोटरसाइकललाई कारबाही

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजार बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ।

गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको हालसम्म एक हजार ६३ वटा सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, साइलेन्सर जडान गर्ने र सर्वसाधारणलाई असहज हुने गरी मोटरसाइकल चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको हो।

प्रहरीले अवैध रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरेको जनाएको छ।

‘सवारीसाधनको स्वरूप परिवर्तन गरेर चर्को ध्वनि निकाल्दै सडकमा गुडाउने प्रवृत्तिलाई नियन्त्रण गर्न हामीले सक्रियता बढाएको हौँ’, उनले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउँछौँ। ट्राफिक नियम उल्लङ्घन गर्ने कसैलाई पनि छुट दिइँदैन।’

मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक, बुद्धशान्ति, अर्जुनधारालगायत जिल्लाका विभिन्न स्थानमा चर्को आवाजमा मोटरसाइकल सञ्चालन नगर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृति बिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ।

नियमविपरीत काम गर्नेलाई रु एक हजारदेखि ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था कानुनमा रहेको उनले बताए।

नेपाल प्रहरीको ट्राफिक प्रहरीसम्बन्धी आधिकारिक सूचनाले पनि स्वीकृति बिना सवारीको स्वरूप परिवर्तन गर्नुलाई कारबाही हुने कसुरका रूपमा उल्लेख गरेको छ।

प्रकाशित: ३ मंसिर २०८३ १८:०९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

#कारबाही #मोटरसाइकल
Compare →
Onlinekhabar
3d ago
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

३० कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन …

#कारबाही #गरी
Compare →
Hamro Patro News
7h ago
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् । मंसिर ३, २०...

#मोटरसाइकल
Compare →
Bizshala
3d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#कारबाही
Compare →

Related Stories

World News
Build #2612