Trending
Prev Story
Next Story

पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

Ekantipur •
November 17, 2026 • 03:32 PM
1
1 reads 0 reactions

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालले संगठनको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो प्रसारण गर्ने व्यक्तिविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले कम्ब्याट ड्रेसको पाइन्ट लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जालमा प्रसारण भइरहेको विषयमा संगठनको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको स्पष्ट पारेका छन् । ती व्यक्तिले संगठनको पोसाक दुरुपयोग गरी आफूलाई सुरक्षाकर्मीका रूपमा चित्रण गरेको र त्यसबाट आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने उनले बताएका छन् ।

सहप्रवक्ता थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

साथै, सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न र अपुष्ट भिडियो तथा सामग्री प्रसारण नगर्न सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
21m ago
सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर …

#सशस्त्र #कारबाही #दुरुपयोग
Compare →
Nagarik News
2h ago
पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

#सशस्त्र #दुरुपयोग #गरी
Compare →
Hamro Patro News
3h ago
सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद...

#सशस्त्र
Compare →
Bizshala
1d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#कारबाही
Compare →

Related Stories

National (Nepal)
Build #2612