Trending
Prev Story
Next Story

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

Nagarik News •
November 17, 2026 • 02:01 PM
2
2 reads 0 reactions

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

सशस्त्र प्रहरीले संगठनको पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो प्रसारण गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेका व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको विषयमा संगठनको ध्यानाकर्षण भएको जनाएको हो । सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

यसबाट आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै संगठनको पोशाक दुरुपयोग गरी त्यस्तो गतिविधिको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानूनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भिडियो बनाउनेलाई कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएको डिएसपी थापाले बताए । एक व्यक्ति सशस्त्र प्रहरी बलको पोशाक लगाएर सडक पेटीमा लडिरहेको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।

प्रकाशित: १ मंसिर २०८३ १९:४६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

#सशस्त्र #प्रहरीको
Compare →
Bizshala
5d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र #प्रहरीको
Compare →
Hamro Patro News
5d ago
भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीक...

#सशस्त्र #प्रहरीको
Compare →
Onlinekhabar
6d ago
भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

२५ कात्तिक, काठमाडौं । तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज …

#सशस्त्र #प्रहरीको
Compare →

Related Stories

National (Nepal)
Build #2612