Trending
Prev Story
Next Story

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

Onlinekhabar •
November 16, 2026 • 10:30 AM
2
2 reads 0 reactions

३० कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम …

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

३० कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।

बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए । मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे ।

भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए ।

नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैया हस्तान्तरण गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आइतबार बेलुकादेखि सडक पूर्...

#पुन
Compare →
Ekantipur
2d ago
देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।

#रकम
Compare →
Nagarik News
2d ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#कोष
Compare →
Bizshala
3d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#कोष
Compare →

Related Stories

Politics & Governance
Build #2612