Trending
Prev Story
Next Story

देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

Ekantipur •
November 14, 2026 • 08:02 AM
1
1 reads 0 reactions

भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।

देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।

सल्यान — देउसीभैलो खेलेर जम्मा गरेको रकम आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई हस्तान्तरण गरिएको छ ।छत्रेश्वरी गाउँपालिका–२ गुराँसे र रोल्पाको गंगादेव गाउँपालिका–३ झ्यामका संयुक्त लहरे पैसेरी/देउसीभैलो समूह, सहिद प्रतिष्ठित युवा समूह र खोरबारे लहरे नाच समूहले रकम प्रदान गरेका हुन् ।

भौतिक संरचना निर्माण तथा थप सेवा विस्तारका लागि उनीहरूले यस वर्षको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

दुर्गम बस्तीमा रहेको स्वास्थ्य संस्थामा सबै किसिमका स्वास्थ्य सेवा पाउन कठिन हुने र उपचारका लागि जिल्ला अस्पताल सल्यानलगायत दाङ र नेपालगञ्जका अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले सहयोग गरिएको विजय घर्तीले बताए । आगामी दिनमा जटिल नभई सामान्य उपचारका लागि समेत बाहिर जान नपरोस् र स्थानीयले गाउँघरमै रहेको स्वास्थ्य संस्थाबाट सहज उपचार पाऊन् भन्ने उद्देश्यले भौतिक संरचना निर्माण र सेवा विस्तारमा टेवा पुर्‍याउन देउसीभैलो खेलेर जम्मा गरेको रकम सहयोग गरिएको उनको भनाइ छ ।

देउसीभैलो खेलेर जम्मा गरेको ३० हजार रुपैयाँ पर्याप्त नभएको र अन्य निकायलाई पनि सहयोगका लागि प्रेरित गर्न रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए । 'थोपा थोपा मिलेर समुद्र बन्छ । टोल, वडावासीले सहयोग गरे धेरै रकम जम्मा हुन्छ र भौतिक संरचना निर्माण तथा सेवा विस्तार गर्न सहज हुन्छ,' उनले भने ।

आफ्नै वडाका स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने मात्र नभई आफूले पनि बेलाबेलामा निःशुल्क उपचार लिनुपर्ने भएकाले ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बेलबहादुर घर्तीले बताए । स्वास्थ्य संस्था व्यवस्थित भए सामान्य उपचारका लागि मेडिकल तथा अस्पताल धाउँदै हिँड्न नपर्ने उनले जानकारी दिए । 'गाउँमा गतिलो स्वास्थ्य संस्था नहुँदा सबै उपचारका लागि जिल्ला अस्पताल सल्यानलगायत दाङ जान बाध्य छन् । सबैले सहयोग गरेको रकमबाट गतिलो भौतिक संरचना बन्यो र सेवा विस्तार भयो भने स्थानीयले गाउँमै उपचार पाउँछन् । बाहिर जानुपर्दैन,' उनले भने ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरीका स्वास्थ्यकर्मी चुडामणि बस्नेतका अनुसार गुराँसे–झ्याम लहरे भैलो नाच समूहले ३० हजार, सहिद प्रतिष्ठित युवा समूहले ५ हजार, खोरबारे लहरे नाच समूहले १० हजार र डिग्रे निवासी बेलबहादुर घर्तीले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । अन्यले पनि सहयोग गर्ने तयारी गरेको उनले जानकारी दिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
फिर्ता गर्नुपर्ने रकम साढे ४५ करोड, बैंकमा भेटियो साढे ३२ करोड मात्रै

फिर्ता गर्नुपर्ने रकम साढे ४५ करोड, बैंकमा भेटियो साढे ३२ करोड मात्रै

काठमाडौं । युनिटी इन्टरनेसनल कम्पनीको झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा अदालतको फैसलाअनुरूप तत्काल पीडितलाई बाँड्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । पीडितहरूले ललितपुर जिल्ला अदालत...

#रकम
Compare →
Nagarik News
1w ago
देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

#देउसीभैलो
Compare →
Bizshala
1w ago
ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो

ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सका प्रयोगकर्ताले गत साता भएको ठूलो साइबर...

#रकम
Compare →

Related Stories

Health & Wellness
Build #2612