Trending
Prev Story
Next Story

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

Ekantipur •
November 14, 2026 • 08:02 AM
2
2 reads 0 reactions

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

चितवन — नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटस्थित अग्लो डाँडामा रहेको मौलाकालिका मन्दिरमा आजदेखि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सुरु भएको छ । संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

सम्मेलनमा ४४ वटा शैक्षिक प्रतिष्ठानका प्रतिनिधि र महेन्द्र संस्कृत विश्वविद्यालयका पदाधिकारीहरू सहभागी हुँदै छन् ।

'वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग र अध्यात्म प्रवर्द्धनमा गुरुकुलको योगदान अतुलनीय छ,' सम्मेलन आयोजक समितिका सदस्यसचिव रामचन्द्र कँडेलले पत्रकार सम्मेलनमा भने । देशभर २५० गुरुकुल दर्ता भए पनि १५० वटा सञ्चालनमा रहेको कँडेलले बताए । माध्यमिक तहदेखि शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तहसम्म पढाइ हुने गुरुकुल गण्डकी प्रदेशमा छन् ।

गुरुकुललाई युगानुकूल रूपान्तरण गर्दै अध्ययन–अध्यापन विधिमा सुधार गरेर आधुनिक शिक्षण पद्धति तथा सूचना–सञ्चार प्रविधिसँग जोड्न आवश्यक रहेको सदस्यसचिव कँडेलको भनाइ छ । गुरुकुल शिक्षाको गुणस्तर, संस्थागत व्यवस्थापन र शैक्षिक उपलब्धिको दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण बनाउन सम्मेलन आयोजना गरिएको उनले बताए । सम्मेलनले समन्वय र सम्पर्क बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

मौलाकालिका मन्दिरमा सम्मेलन हुनेछ । सेनवंशका राजा मणिमुकुन्द सेनको पालामा झन्डै ४५० वर्षअघि त्यस ठाउँमा मन्दिर स्थापना गरेर पूजा गर्ने परम्परा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मेलनका लागि सहयोग गरेको आयोजक समितिका सदस्यसचिव रामचन्द्र कँडेलले बताए । 'गुरुकुलहरूको संस्थागत सुदृढीकरण, शैक्षिक व्यवस्थापन, स्रोतसाधनको उपलब्धता, शिक्षकको क्षमता विकास, पाठ्यक्रमको समयानुकूल परिमार्जन र सहकार्यका विषयमा सम्मेलनबाट सहयोग पुग्नेछ,' उनले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
19h ago
गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

#सम्मेलन #गुरुकुल #गण्डकी
Compare →
Hamro Patro News
15h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सम्मेलन
Compare →
Onlinekhabar
17h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →

Related Stories

National (Nepal)
Build #2612