Trending
Prev Story
Next Story

हेटौंडाको राप्ती तटमा ४६ वर्षदेखि मनाइँदै छठ

Ekantipur •
November 14, 2026 • 08:02 AM
2
2 reads 0 reactions

छठ पर्व मनाउन राप्ती तट सिँगारिँदै छ भने ७ सय मिटर लामो पण्डाल टाँगिएको छ । यसपालि करिब ६० हजार सहभागी हुने अनुमान गरिएको छ ।

हेटौंडाको राप्ती तटमा ४६ वर्षदेखि मनाइँदै छठ

छठ पर्व मनाउन राप्ती तट सिँगारिँदै छ भने ७ सय मिटर लामो पण्डाल टाँगिएको छ । यसपालि करिब ६० हजार सहभागी हुने अनुमान गरिएको छ ।

हेटौंडा — हेटौंडाको राप्ती नदीको तटलाई छठ पूजाका निम्ति सिँगारिएको छ । राप्ती नदीको पुलको माथिल्लो भागमा रहेको तटमा पण्डाल टाँग्नुका साथै सिँगारपटार गरिएको छ । गत वर्षको भन्दा पण्डालको साइज ठूलो छ ।

६० हजार भक्तजन अट्न सक्ने गरी ७ सय मिटर लामो पण्डाल टाँगिएको छ । 'गत वर्षको भन्दा यो वर्ष भक्तजनको संख्या बढ्ने अनुमान गरेर पण्डालको लम्बाइ पनि लामो बनाइएको छ,' छठ पूजा समिति हेटौंडाका संयोजक रवि रञ्जन गुप्ताले भने, 'छठ पर्वका भक्तजन बर्सेनि बढ्दै छन् ।' यो वर्ष भक्तजन र दर्शक गरेर झन्डै ६० हजारभन्दा बढी हुने अनुमान आयोजकले गरेका छन् । गत वर्ष करिब ५० हजारभन्दा बढीको सहभागिता रहेको उनीहरूको अनुमान छ । हेटौंडाको राप्ती तटमा छठ मनाउन सुरु गरेको ४६ वर्ष भइसकेको छ ।

'२०३७ सालदेखि हेटौंडामा छठ मनाउन सुरु गरेका हौँ,' संयोजक गुप्ताले भने, 'त्यतिबेला हेटौंडामा रहेका मधेशी समुदायका २–३ घरपरिवारका मानिस राप्ती तटमा आएर छठ पर्व मनाउँथे । अहिले हजारौँ घरपरिवार राप्ती तटमा आएर छठ पूजा गर्ने गरेका छन् ।' २०३७ सालदेखि राप्ती तटमा छठ पर्व मनाउँदै आएका ७३ वर्षीय चन्द्रमोहन चौहानले भने, 'सुरुमा तीन घरपरिवारका मानिस जम्मा भएर राप्ती तटमा छठ पूजा गर्ने गरेका थिए । अहिले देख्दा दङ्ग परेको छु ।'

हेटौंडा उपमहानगरपालिका–१ का नारायण चौहानले हेटौंडाको राप्ती तटमा छठ पर्व मनाउन सुरु गरेका हुन् ।

पछिल्ला वर्षमा तराईका जिल्लाहरूबाट विभिन्न सेवा, पेसा र व्यवसायका सन्दर्भमा हेटौंडामा बसाइँसराइ हुने क्रमसँगै छठ पूजाको रौनकता पनि थपिँदै गएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताए । 'वर्षेनी राप्ती तटमा छठ पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ,' उनले भने । अध्यक्ष रानाभाटको निवास राप्ती तट नजिकै छ ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती तटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ । राप्ती खोलाको कञ्चन पानीमा उभिएर हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । तराई, मधेश, पहाड र हिमाल जोड्ने सेतुका रूपमा छठ पर्व रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन् । 'यो पर्व कुनै समुदायको मात्र नभएर सिंगो मुलुकको साझा पर्वका रूपमा रहेको छ,' उनले भनिन् ।

हेटौंडा उपमहानगरपालिकाले छठ पर्व मनाउन गठित आयोजक संस्थालाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उपमहानगरपालिकाले विगत चार वर्षदेखि छठ पर्व मनाउन ५–५ लाख रुपैयाँ सहयोग गर्दै आएको छठ पूजा आयोजक समितिका सचिव नन्दलाल दासले बताए । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ७ लाख रुपैयाँ मूल्यबराबरको साउन्ड सिस्टमका लागि आवश्यक उपकरण उपलब्ध गराएको छ । यसैगरी छठ पूजाका निम्ति आवश्यक प्रसादका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले विगतदेखि नै सहयोग गर्दै आएको सचिव दासले बताए ।

छठ पूजालाई भव्य र सभ्य बनाउने लक्ष्यसहित प्रभावकारी सुरक्षा व्यवस्थाका लागि २ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ...

#राप्ती #हेटौंडा #भक्तजन
Compare →
Onlinekhabar
19h ago
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे …

#हेटौंडा
Compare →
Nagarik News
6d ago
हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु

हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ अङ्गारेस्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २७ वर्षीय मोटरसाइकल चालक सुदीप पाण्डेको मृत्यु भएको हो।

#हेटौंडा
Compare →

Related Stories

Business & Economy
Build #2612