विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सोझै फाइनल यात्रा तय गरेको हो।
प्रकाशित: १ मंसिर २०८३ २०:१६ मंगलबार