काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आजदेखि प्लेअफ चरणका खेल सुरू हुँदैछन् । प्लेअफको पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुवै टोलीका लागि फाइनल प्रवेश गर्ने पहिलो अवसर हुनेछ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुई टोलीबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा हुनेछ । लुम्बिनीले लिग चरणमा ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको हो । सात खेल खेलेको लुम्बिनीले पाँच खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । त्यस्तै, सुदूरपश्चिमले सात खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिमले पाँच खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )