Trending
Prev Story
Next Story

एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Onlinekhabar •
November 17, 2026 • 01:31 AM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन …

एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ । जसका कारण दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ ।

लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो ।

ती दुवै खेलमा लुम्बिनीले सुदूरलाई १०० रनभित्रै अलआउट गरेको थियो । अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा हुनेछ ।

लिग चरणमा दुवै टोलीले ५-५ जित निकालेका छन् । सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
एनपीएलको पहिलो ‘ब्लकबस्टर’ खेलमा भिड्दै लुम्बिनी र सुदूरपश्चिम

एनपीएलको पहिलो ‘ब्लकबस्टर’ खेलमा भिड्दै लुम्बिनी र सुदूरपश्चिम

एनपीएलका अहिलेसम्मका सबै खेल जोड्दा सबैभन्दा बढी खेल जित्ने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स नै हुन् ।

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
Compare →
Nagarik News
1h ago
सिधै फाइनल पुग्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम, आज निर्णायक भिडन्त

सिधै फाइनल पुग्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम, आज निर्णायक भिडन्त

लिग चरणमा ११ अंकसहित पहिलो भएको लुम्बिनी र १० अंकसहित दोस्रो बनेको सुदूरपश्चिम दुवै टोली जित्दै सिधै फाइनल पुग्ने लक्ष्यमा छन्।

#लुम्बिनी #फाइनल #सुदूरपश्चिम
Compare →
Hamro Patro News
20h ago
यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितव...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612