Trending
Prev Story
Next Story

टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

Nagarik News •
November 17, 2026 • 11:01 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने यस खेलको विजेता सोझै फाइनल पुग्नेछ।

निर्णायक भिडन्तका लागि लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन। यता, सुदूरपश्चिमले भने ३ खेलाडी परिवर्तन गरेको छ।

सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्दा अभिनाश बोहोरा पनि टिममा फर्किएका छन्।

यस खेलमा पराजित हुने टोलीले समेत फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पराजित टोलीले काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम अघिल्ला दुवै संस्करणको फाइनलमा पुगेको टोली हो।

यी दुई टोलीबीच आज पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका चार भेटमा दुवै टोलीले समान दुई-दुई खेल जितेका छन्। पहिलो संस्करणमा सुदूरपश्चिम ४५ रनले र दोस्रो संस्करणको लिग चरणमा ७ विकेटले विजयी भएको थियो।

तर, लुम्बिनीसँगका पछिल्ला दुई भेट सुदूरपश्चिमका लागि बिर्सनलायक छन्। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनीले ६ विकेटको जित निकालेको थियो।

जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै लुम्बिनीले ७ विकेटको जित दर्ता गरेको थियो।

पछिल्ला दुई भेटमा लगातार ठूलो अन्तरको हार बेहोरेको सुदूरपश्चिम आज अघिल्ला हारको बदला लिने अवसरमा छ। यता, लुम्बिनी भने लगातार तेस्रो जितसहित फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रँदैछ।

सिजन ३ को लिग चरणमा दुवै टोलीले समान ५ जित दर्ता गरेका थिए। लुम्बिनी काठमाडौंसँग पराजित भएको थियो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो।

सुदूरपश्चिम भने लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि अङ्कतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।

प्रकाशित: १ मंसिर २०८३ १६:४६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर फिल्ड रोजेका छन्...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1h ago
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
1h ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612