Trending
Prev Story
Next Story

पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

Nagarik News •
November 17, 2026 • 11:09 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पाँचौं पटक प्रतिस्पर्धा हुँदैछ।

पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पाँचौं पटक प्रतिस्पर्धा हुँदैछ।

अघिल्ला चार भेटमा समान दुई-दुई जितसहित बराबरीमा रहेका यी दुई टोलीबीचको आजको विजेताले हेड-टु-हेडमा अग्रता बनाउनुका साथै सोझै फाइनलको टिकटसमेत पक्का गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ। लुम्बिनीले टिममा कुनै परिवर्तन गरेको छैन भने सुदूरपश्चिमले ३ खेलाडी फेरेको छ।

सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्दा अभिनाश बोहोरा पनि टिममा फर्किएका छन्।

यी दुई टोलीबीचको हेड-टु-हेड इतिहास रोचक छ। सुरुवाती दुई भेटमा सुदूरपश्चिम हाबी भएको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो भने दोस्रो संस्करणको लिग चरणमा ७ विकेटको जित निकालेको थियो।

तर, पछिल्ला दुई भेटमा साविक विजेता लुम्बिनीले लगातार जित निकाल्दै हेड-टु-हेड २-२ को बराबरीमा ल्याएको छ। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनीले ६ विकेटको जित दर्ता गरेको थियो।

जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै लुम्बिनीले ७ विकेटको जित हात पारेको थियो।

पछिल्ला दुई खेलमा लगातार ठूलो अन्तरको हार बेहोरेको सुदूरपश्चिम आज अघिल्ला हारको बदला लिने अवसरमा छ। यता, लुम्बिनी भने सुदूरपश्चिममाथि लगातार तेस्रो जितसहित फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रँदैछ।

यस खेलमा पराजित हुने टोलीले पनि फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पराजित टोलीले काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

सिजन ३ को लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। दुवै टोलीले लिग चरणमा समान ५ जित दर्ता गरेका थिए।

लुम्बिनी काठमाडौंसँग पराजित भएको थियो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो। अघिल्ला दुवै संस्करणको फाइनल खेलेको सुदूरपश्चिम भने लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि अङ्कतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।

प्रकाशित: १ मंसिर २०८३ १६:५४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
56m ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Hamro Patro News
9h ago
सीधै फाइनल पुग्न आज लुम्बिनी र सुदूरपश्चिम आमने-सामने, कसले मार्ला बाजी ?

सीधै फाइनल पुग्न आज लुम्बिनी र सुदूरपश्चिम आमने-सामने, कसले मार्ला बाजी ?

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
10h ago
एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612