तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
निरोशान डिकवेलाले अर्धशतक बनाएपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले मंगलबार क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।
डिकवेलाले अविजित ५९ रन बनाएपछि च्याम्पियन लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा १ सय ६ रनको लक्ष्य १६.४ ओभरमा १ सय ८ रन बनाउँदै पूरा गरेको थियो ।
लुम्बिनीले गत वर्ष उपाधि जित्ने क्रममा फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले त्यही प्रदर्शन दोहोर्याउँदै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
यसअघिका दुई सिजन फाइनल खेलेको सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध फाइनल खेल्ने अर्को एक अवसर रहेको छ । इलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको विजेतासँग सुदूरपश्चिमले फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्ने छ ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।