Trending
Prev Story
Next Story

चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

Ekantipur •
November 17, 2026 • 09:32 AM
3
3 reads 0 reactions

पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकलमाथि कारबाही

पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं — चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

मोटरसाइकलमा कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकालेर ठूलो आवाज निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ सिस्टम परिवर्तन गरी चलाउने गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार चर्को आवाजमा मोटरसाइकल चलाउँदा विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई प्रत्यक्ष असर पर्ने गरेको छ । यसले विद्यार्थीको पढाइमा बाधा पुर्‍याउनुका साथै शान्त वातावरणमा समेत असर गर्ने गरेको छ । त्यस्तै, सवारीसाधनको स्वरूप परिवर्तन गर्दा यसको यान्त्रिक संरचनामा समेत असर पर्ने र दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ । यसले चालक स्वयंका साथै सडकमा हिँड्ने अन्य सर्वसाधारणलाई समेत जोखिममा पार्ने भएकाले अभियान सञ्चालन गरिएको सुवेदीले बताए ।

उनका अनुसार नागरिकबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै ध्वनि प्रदूषण नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । यसका लागि ट्राफिक प्रहरीले विभिन्न सडकमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कारबाहीलाई पनि तीव्रता दिएको छ । प्रहरीले वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनलाई समेत प्रभावकारी बनाउने जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ । स्वरूप परिवर्तन गर्न आवश्यक भए अधिकारप्राप्त अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ अनुसार अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गरेमा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको सुवेदीले बताए ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले साइलेन्सर मोडिफाइ गरी चर्को आवाज निकाल्ने तथा आगोको झिल्का फाल्ने बुलेट लगायतका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बुलेट अपरेसन’ अभियानअन्तर्गत न...

#मोटरसाइकल #आवाज #निकाल्ने
Compare →
Nagarik News
6d ago
ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानी बढाएको हो।

#मोटरसाइकल #आवाज #निकाल्ने
Compare →
Onlinekhabar
1w ago
तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले …

#आवाज #निकाल्ने
Compare →
Bizshala
20h ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#कारबाही
Compare →

Related Stories

Technology
Build #2612