Trending
Prev Story
Next Story

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

Nagarik News •
November 17, 2026 • 06:44 AM
3
3 reads 0 reactions

आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

बंगालको खाडीमा बनेको चक्रवात अकवान शक्तिशाली आँधीमा परिणत हुँदैछ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) यो चक्रवात बिहीबार बिहानसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना रहेको जानकारी दिएको हो। शुक्रबार दिउँसो आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ।

आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।

आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यम ले जानकारी दिएका छन्। तमिलनाडु र आसपासका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

यो चक्रवात अकवान शुक्रबार नेल्लोर र तुनीबिचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ।

यसअघि आन्ध्र प्रदेशमा अर्णब र मुरासु नामका दुई चक्रवातले असर पुर्‍याइसकेका थिए। अर्णब चक्रवातको प्रभाव नेपालसम्म पनि देखिएको थियो।

तीन साताभित्र आन्ध्र प्रदेशमा पुग्न लागेको अकवान तेस्रो चक्रवात हो। अघिल्ला दुई चक्रवातका कारण राज्यमा करिब सात हजार करोड भारतीय रुपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको जनाइएको छ।

प्रकाशित: १ मंसिर २०८३ १२:२९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित भइरहेको ‘अक्वान’ नामक चक्रवात (साइक्लोन) थप खतरनाक बन्ने अनुमान गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण तथा त्यससँग जोडिएको पश्चिम-मध्य बंगालको खाडीको मध्य भागमा ब...

#बंगाल #खाडी #चक्रवात
Compare →
Onlinekhabar
3d ago
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

#बंगाल #खाडी #चक्रवात
Compare →
Ekantipur
1d ago
बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

#बंगाल #खाडी
Compare →

Related Stories

World News
Build #2612