Trending
Prev Story
Next Story

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

Onlinekhabar •
November 14, 2026 • 05:31 AM
3
3 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।

विभागले हाल दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने बताएको छ ।

मौसम विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो । शुक्रबार बिहान साढे ८ बजेसम्म पनि उक्त प्रणाली सोही क्षेत्रमा सक्रिय थियो ।

उक्त न्यून चापीय क्षेत्र उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ । यो प्रणाली आज (शनिबार)सम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्नेछ । त्यसपछि आइतबार बिहानसम्म थप विकसित भएर न्यून चापीय क्षेत्रबाट डिप्रेसनमा परिणत हुने र सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने मौसम विभागको अनुमान छ ।

मौसम विभागले मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी सहर...

#अर्को
Compare →
Nagarik News
1d ago
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#खाडी
Compare →

Related Stories

Science & Climate
Build #2612