Trending
Prev Story
Next Story

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

Onlinekhabar •
November 18, 2026 • 04:01 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन् । ‘अर्नब’ र ‘मुरासु’ पछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको छ । नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र …

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२ मंसिर, काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन् । ‘अर्नब’ र ‘मुरासु’ पछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको छ ।

नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र प्रदेशतर्फ देखिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार नोभेम्बर २० (५ मंसिर) आसपास चक्रवातले तटीय क्षेत्र पार गर्ने सम्भावना छ । यो चक्रवात आगामी दिनमा अझै शक्तिशाली बन्दै उत्तर–उत्तरपश्चिम दिशातिर सर्ने आईएमडीले पूर्वानुमान गरेको छ ।

यसअघि गत अक्टुबर २५ मा अर्थात ८ कात्तिकमा बंगालको खाडीमा अर्नब चक्रवात बनेको थियो । त्यसको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा १२ देखि १४ कात्तिकसम्म वर्षा र हिमपात भएको थियो ।

अर्नबको प्रभाव कमजोर भएलगत्तै बंगालको खाडीमा १५ कात्तिकमा मुरासु नामको अर्को चक्रवात विकसित भएको थियो । १७ कात्तिकमा भारत आन्ध्रप्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको सो चक्रवातको प्रभाव नेपालमा भने खासै परेको थिएन ।

२५ कात्तिकमा भाइटीकाको दिन काठमाडौं उपत्यका र आसपासमा असिना पानी परेको थियो । तर त्यसमा पश्चिमी र स्थानीय वायु जिम्मेवार रहेको मौसमविदहरु बताउँछन् ।

अकवानको प्रभाव नेपालमा कस्तो पर्ला ?

अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्‍हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको मार्ग र तीव्रता हेरेर थप आकलन गर्न सकिन्छ । तर अहिलेसम्मको अवस्था हेर्दा यसले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना नरहेको उनी बताउँछन् ।

‘अहिलेको प्रारम्भिक अनुमान हेर्दा यसले पूर्वतिर बादल ल्याउने सम्भावना छ । वर्षा गराइहाले पनि एक–दुई ठाउँमा हल्का खालको होला । तर यसले लगातार पानी पार्ने, भारी वर्षा गराउने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’

त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि अकवान चक्रवातबाट नेपालमा भारी वर्षा हुने सम्भावना अहिलेसम्म नदेखिएको बताउँछन् ।

‘आइतबार र सोमबार पूर्वी आधा नेपालका थोरै ठाउँमा हल्का वर्षा हुन सक्छ । अहिलेसम्म भारी वर्षाको स्पष्ट संकेत छैन,’ उनले फेसबुकमा लेखेका छन् ।

अहिले कहाँ, कस्तो अवस्थामा छ अकवान ?

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘अक्वान’ (Akvan) शक्तिशाली बन्दै गएको छ । हाल दक्षिणी तथा त्यससँग जोडिएको पश्चिममध्य बंगालको खाडीको मध्य भागमा रहेको चक्रवाती आँधी ‘अकवान’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा ३ किलोमिटरको गतिमा बिस्तारै उत्तरतर्फ सरेको छ ।

भारतीय समयअनुसार १७ नोभेम्बर २०२६ (१ मंसिर) को मध्यरातसम्म उक्त आँधी १२.५ डिग्री उत्तरी अक्षांश र ८५.६ डिग्री पूर्वी देशान्तरमा थियो ।

यो आँधी तमिलनाडुको चेन्नईबाट करिब ५९० किलोमिटर पूर्व, श्रीलंकाको त्रिणकोमालीबाट ६४० किलोमिटर उत्तरपूर्व, आन्ध्र प्रदेशको मछलीपट्टनमबाट ६३० किलोमिटर दक्षिणपूर्व, विशाखापट्टनमबाट ६३० किलोमिटर दक्षिण–दक्षिणपूर्व र ओडिशाको गोपालपुरबाट ७६० किलोमिटर दक्षिणमा रहेको छ ।

आँधी बिस्तारै उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्ने र आज २ मंसिरमा थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधी (Severe Cyclonic Storm) मा परिणत हुने सम्भावना छ ।

त्यसपछि ३ मंसिर साँझसम्म उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै थप शक्तिशाली भएर अति गम्भीर चक्रवाती आँधी (Very Severe Cyclonic Storm) मा परिणत हुने अनुमान गरिएको छ ।

उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा उक्त आँधी ४ मंसिरमा आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्रअन्तर्गत नेल्लोर र विशाखापट्टनमबीचको भूभागबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ । त्यस समयमा आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर रहने र हावाको झोक्का प्रतिघण्टा १४५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।

मौसमविद्‍हरूका अनुसार बंगालको खाडीमा विकसित हुने चक्रवातको सिधा असर नेपालमा पर्ने गरेको छैन । यसको बाहिरी घेराका बादलका कारण वर्षा, हिमपात र हावाहुरी हुने गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
बंगालको खाडीमा एक महिनाभित्रै तीन चक्रवात, नेपाल प्रभाव पर्ला ?

बंगालको खाडीमा एक महिनाभित्रै तीन चक्रवात, नेपाल प्रभाव पर्ला ?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्।

#चक्रवात #विकसित #बंगाल
Compare →
Hamro Patro News
1d ago
बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित भइरहेको ‘अक्वान’ नामक चक्रवात (साइक्लोन) थप खतरनाक बन्ने अनुमान गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण तथा त्यससँग जोडिएको पश्चिम-मध्य बंगालको खाडीको मध्य भागमा ब...

#विकसित #बंगाल #खाडी
Compare →
Ekantipur
2d ago
बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

#विकसित #बंगाल #खाडी
Compare →

Related Stories

National (Nepal)
Build #2612