Trending
Prev Story
Next Story

प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?

Nagarik News •
November 19, 2026 • 02:31 AM
4
4 reads 0 reactions

मौसम विभागले यो चक्रवात थप उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ।

प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?

बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवाती आँधी ‘अक्वान’ नोभेम्बर २० को दिउँसोसम्म भारतको आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीच उत्तर आन्ध्र प्रदेश, यानम र दक्षिण ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

भारतीय मौसम विभागको पछिल्लो अपडेटअनुसार नोभेम्बर १८ को राति साढे ११ बजे उक्त चक्रवात पश्चिम-मध्य बंगालको खाडीमा रहेको थियो। त्यसअघिका छ घण्टामा यो प्रतिघण्टा पाँच किलोमिटरको गतिमा उत्तरतर्फ अघि बढेको थियो।

त्यसबेला चक्रवात आन्ध्र प्रदेशको नरसापुरबाट करिब ४८० किलोमिटर दक्षिणपूर्व, चेन्नईबाट ५६० किलोमिटर पूर्व र ओडिशाको पुरीबाट ६६० किलोमिटर दक्षिणमा रहेको थियो।

मौसम विभागले यो चक्रवात थप उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ।

तटीय क्षेत्रमा प्रवेश गर्ने क्रममा चक्रवातसँगै चल्ने निरन्तर हावाको अधिकतम गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरसम्म पुग्न सक्नेछ। हावाको झोक्काको गति भने प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने मौसम विभागले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ०८:१६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
22h ago
शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ

#किलोमिटर #चक्रवात #आन्ध्र
Compare →
Bizshala
5h ago
‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

‘अक्वान’ चक्रवातको प्रभाव : आज धेरै स्थानमा तुवाँलो र हुस्सु लाग्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

#चक्रवात #अक्वान
Compare →
Hamro Patro News
21h ago
आन्ध्र प्रदेशतर्फ सोझियो समुद्री आँधी ‘अकभान’ : शुर जमिनमा ठोक्किने, १२० किमिसम्मको तीव्र हावा चल्ने चेतावनी

आन्ध्र प्रदेशतर्फ सोझियो समुद्री आँधी ‘अकभान’ : शुर जमिनमा ठोक्किने, १२० किमिसम्मको तीव्र हावा चल्ने चेतावनी

अमरावती । बङ्गालको खाडीको पश्चिम-मध्य भागमा विकसित भएको शक्तिशाली समुद्री चक्रवात ‘अकभान’ बिस्तारै भारतको आन्ध्र प्रदेशको तटीयतर्फ अघि बढेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो चक्र...

#चक्रवात #आन्ध्र
Compare →
Onlinekhabar
5h ago
‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ …

#मौसम #चक्रवात
Compare →

Related Stories

World News
Build #2612