Trending
Prev Story
Next Story

‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

Onlinekhabar •
November 19, 2026 • 01:00 AM
7
7 reads 0 reactions

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ …

‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवात को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

बंगालको खाडीमा विकसित अकवान चक्रवातको अहिलेसम्मको अवस्था हेर्दा नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना भने नरहेको महाशाखाका मौसमविदहरु बताउँछन् । यद्यपि आगामी दिनमा यसको गति र दिशा विश्लेषण गरेर मौसमबारे अध्यावधिक गरिने उनीहरुको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

#आंशिक #मौसम #चक्रवात
Compare →
Hamro Patro News
5d ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हुस्सु र कुहिरो ...

#आंशिक #मौसम #तराई
Compare →
Bizshala
3d ago
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।मौसम पूर्वानुमान...

#आंशिक #भाग #केही
Compare →
Ekantipur
3d ago
मधेशमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

मधेशमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

मंसिर महिना सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मौसममा आएको परिवर्तनले तराई–मधेशमा चिसोको प्रभाव देखिन थालेको हो।

#मौसम #मधेश #हुस्सु
Compare →

Related Stories

Technology
Build #2612