काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
हाल देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
Read full story at source ( aarthiknews.com )