Trending
Prev Story
Next Story

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

Ekantipur •
November 20, 2026 • 08:32 AM
2
2 reads 0 reactions

६ मंसिरसम्म चल्ने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण छन् ।

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

६ मंसिरसम्म चल्ने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण छन् ।

काठमाडौं — काठमाडौंमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ । ६ मंसिरसम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, उपकरण तथा मेसिनरी प्रदर्शनमा राखिएका छन् । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण समावेश छन् ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारण प्रविधि राखिएका छन् । आयोजकले ३ दिनमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ । प्रदर्शनीमार्फत आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र खेतीको लागत घटाउने लक्ष्य राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
18h ago
भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपह...

#कृषि #प्रदर्शनी #आठौँ
Compare →
Hamro Patro News
1w ago
कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न आठौँ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न आठौँ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न आठौँ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै २० देशका प्रविधि भृकुटीमण्डपमा देखाइने कार्तिक २०, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, ...

#कृषि #प्रदर्शनी #आठौँ
Compare →
Onlinekhabar
2d ago
कृषि पुनर्जीवनका सात सर्त

कृषि पुनर्जीवनका सात सर्त

असम्भवप्रायः मैदानी औद्योगिक ढाँचा अपनाएर थला परेको नेपाली कृषि पछिल्ला वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनको अनपेक्षित र तीव्र प्रभावले तापमान वृद्धि, असमयमा हुने वर्षा, लामो खडेरी, बाढीपहिरो, नयाँनयाँ रोगकिरा र मिचाहा प्रजातिको प्रकोपले …

#कृषि
Compare →

Related Stories

World News
Build #2612