Trending
Prev Story
Next Story

नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय हब बनाऔँ : उद्यमी सारडा

Ekantipur •
November 20, 2026 • 12:02 PM
2
2 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।

नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय हब बनाऔँ : उद्यमी सारडा

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।

काठमाडौँ — नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउनुपर्ने बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।

उनले पछिल्लो समय नेपाली विद्यार्थी सामान्यदेखि उच्च शिक्षासम्म अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको उल्लेख गर्दै नेपालमै गुणस्तरीय शैक्षिक संस्था र स्वास्थ्य शिक्षाको विकास गर्न सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताइन् ।

‘हामी शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने कुरा गर्छौं । तर हाम्रै युवा पढ्नका लागि विदेश गइरहेका छन् । यस्तो अवस्थामा अरू देशका विद्यार्थीलाई यहाँ कसरी आकर्षित गर्ने ? यसका लागि शिक्षा, स्वास्थ्य र पर्यटन सेवा गुणस्तरीय हुनु आवश्यक छ ।’

नेपालमा भारतलगायत अन्य मुलुकका विद्यार्थी आएर चिकित्सा शिक्षा अध्ययन गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताइन् ।

नेपालमा पर्यटन प्रवर्द्धन गर्न नीतिगत प्रयास गर्नुपर्ने उनको तर्क छ । भारतको अयोध्यामा राम मन्दिर निर्माणपछि धार्मिक पर्यटन प्रवर्द्धन भइरहेको उदाहरण दिँदै उनले भनिन्, ‘हामीसँग हिमाल छन्, पशुपतिनाथ र जनकपुर छन् । यसका लागि गुणस्तरीय सेवा हुनुपर्दछ । गुणस्तरबिना केही पनि हुँदैन ।’

Prev Swipe Story Next

Related Stories

World News
Build #2612