Trending
Prev Story
Next Story

मधेशको ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्दै जसपा

Ekantipur •
November 20, 2026 • 12:02 PM
2
2 reads 0 reactions

तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।

मधेशको ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्दै जसपा

तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।

जनकपुर — मधेश प्रदेशको ठूलो दल जसपा नेपालले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको दाबी गर्ने समय सकिएपछि जसपाले मुख्यमन्त्री दाबीका लागि कसरत गरिरहेको हो ।

तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।

जसपा नेपालका नेता लालबाबु राउतले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तोकिएको समय सकिएकाले उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न प्रदेश प्रमुखकहाँ आएको बताए ।

जसपा नेपालका सांसद तथा नेताहरू र प्रदेश प्रमुख सुरेन्द्र लाभकर्णबीच अहिले भेटघाट भइरहेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
मधेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न तीन दलको आग्रह

मधेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न तीन दलको आग्रह

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समय थप गर्न तीन दलहरूले आग्रह गरेका छन् । संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखलाई तीन दलको …

#दलको #मधेश
Compare →
Hamro Patro News
5h ago
मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक न...

#जसपा #मधेश
Compare →
Arthasansar
6d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री #मधेश
Compare →
Nagarik News
6d ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#मुख्यमन्त्री #मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612