४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समय थप गर्न तीन दलहरूले आग्रह गरेका छन् । संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखलाई तीन दलको आग्रह गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयले आज अपरान्ह ४ बजेसम्म दिएको समय सकिएपछि अन्तिम अवस्थामा गएर तीन दलले प्रदेश प्रमुखलाई थप समय थप्न आग्रह गरेका हुन् ।
काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईप्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
तीन दल आवश्यक छलफलमा रहेको कारणले १६८ को दुईबमोजिम नै समय थप गर्न तीन दलको आग्रह छ । संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखलाई तीन दलको आग्रह छ ।