कांग्रेस, एमाले र नेकपाका संसदीय दलका नेताले प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णलाई भेटेर संविधानअनुसार समय थप्न आग्रह गरेका छन्।
जनकपुर — मधेस प्रदेशमा सरकार गठनका लागि समय घर्किएपछि तीन दलले समय थप्न प्रदेश प्रमुख समक्ष आग्रह गरेका छन्।
कांग्रेस, एमाले र नेकपाका संसदीय दलका नेता प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाल कर्णसँग भेटेर समय थप्न आग्रह गरेका हुन्।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६४ को २ बमोजिम सरकार गठनका लागि तोकेको समयसीमा शुक्रबार ४ बजे सकिएको छ।
कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६४ को दुई बमोजिम नै केही समय थप्न आग्रह गरिएको बताएका छन्।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।