Trending
Prev Story
Next Story

राज्यले धेरैभन्दा धेरै उद्यमी जन्माउनुपर्छ : गभर्नर विश्वनाथ पौडेल

Ekantipur •
November 20, 2026 • 01:02 PM
3
3 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर पौडेलले मुलुकमा धेरैभन्दा धेरै उद्यमी आवश्यक रहेको भन्दै व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

राज्यले धेरैभन्दा धेरै उद्यमी जन्माउनुपर्छ : गभर्नर विश्वनाथ पौडेल

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर पौडेलले मुलुकमा धेरैभन्दा धेरै उद्यमी आवश्यक रहेको भन्दै व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राज्यले उद्यमीप्रति उदार दृष्टिकोण राख्नुपर्ने बताएका छन् ।कान्तिपुर मिडिया ग्रुपले शुक्रबार आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा उनले मुलुकमा धेरैभन्दा धेरै उद्यमी आवश्यक रहेको भन्दै उनले व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनका अनुसार व्यवसायको आफ्नै संयन्त्र हुन्छ र राज्यको चाहना धेरैभन्दा धेरै व्यक्ति उद्यमी बनून्, अरूलाई रोजगारी दिऊन् र आफ्नो परिवारको जीवनस्तर सुधारून् भन्ने हुनुपर्छ ।

'राज्यले बिजनेस गर्ने मान्छे धेरै होऊन् भन्ने चाहन्छ । उनीहरूले अरूलाई जागिर दिऊन्, घरपरिवार राम्रोसँग चलाऊन् र उनीहरूका छोराछोरी सडकमा आउनुपर्ने अवस्था नहोस् भन्ने राज्यको चाहना हुनुपर्छ,' उनले भने ।

पौडेलले राज्यलाई अझ धेरै उद्यमी आवश्यक भए पनि उनीहरू कसरी उत्पादन गर्ने भन्ने स्पष्ट नीति र योजना नरहेको बताए । उद्यमशीलता विकासका लागि व्यवसायीप्रति राज्यको दृष्टिकोण उदार हुनुपर्ने उनको भनाइ छ ।

'राज्यलाई झन् धेरै उद्यमी चाहिएको छ । तर कसरी बनाउने भन्नेचाहिँ काम गर्न बाँकी छ,' उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4d ago
विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, भारतका गभर्नरले ‘ए’ पाउँदा नेपालका विश्वनाथ पौडेल ‘बी’ मा सीमित

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, भारतका गभर्नरले ‘ए’ पाउँदा नेपालका विश्वनाथ पौडेल ‘बी’ मा सीमित

काठमाण्डौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय वित्तीय पत्रिका...

#गभर्नर #विश्वनाथ #पौडेल
Compare →
Onlinekhabar
1d ago
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार …

#पौडेल
Compare →
Nagarik News
1d ago
पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

#पौडेल
Compare →
Hamro Patro News
3d ago
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु ...

#पौडेल
Compare →

Related Stories

Business & Economy
Build #2612