राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा लजिस्टिक सेवा प्रदायक एनसिएमलाई सम्मान गरेको हो ।
काठमाडौँ — लजिस्टिक कम्पनी नेपाल क्यान मुभ प्रालि (एनसीएम) आन्तरिक राजस्व कार्यालय कोटेश्वरबाट सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा लजिस्टिक सेवा प्रदायक एनसिएमलाई सम्मान गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सोमबार सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यालयले राष्ट्रिय विकासमा पुर्याएको योगदानको कदर गर्दै कम्पनीलाई सम्मान गरेको जनाएको छ । अन्य करदाताका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै आगामी दिनमा पनि थप योगदानको अपेक्षा गरेको छ ।
सम्मानपत्र प्रदान गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमुख कर अधिकृत नारायणप्रसाद रेग्मीले व्यावसायिक गतिविधिका क्रममा विभिन्न चुनौती सामना गर्नुपरे पनि असल काम र योगदानलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।