Trending
Prev Story
Next Story

उद्यमी वृजलाल केडियाको जीवनी पुस्तक सार्वजनिक

Ekantipur •
November 23, 2026 • 02:33 PM
2
2 reads 0 reactions

एकताका वीरगन्जमा ‘बुज्रुक’ र ‘नगरसेठ’का रूपमा परिचित केडियालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकमा पारिवारिक र सामुदायिक पृष्ठभूमिसहित उनका कर्मको चर्चा गरिएको छ ।

उद्यमी वृजलाल केडियाको जीवनी पुस्तक सार्वजनिक

एकताका वीरगन्जमा ‘बुज्रुक’ र ‘नगरसेठ’का रूपमा परिचित केडियालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकमा पारिवारिक र सामुदायिक पृष्ठभूमिसहित उनका कर्मको चर्चा गरिएको छ ।

काठमाडौँ — नेपालको उद्योग एवं व्यापारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति वृजलाल केडियाको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण गरिएको छ ।

एकताका वीरगन्जमा ‘बुज्रुक’ र ‘नगरसेठ’का रूपमा परिचित केडियालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकमा पारिवारिक र सामुदायिक पृष्ठभूमिसहित उनका कर्मको चर्चा गरिएको छ ।

काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा कांग्रेस सभापति गगन थापा, पत्रकार युवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायतले उक्त पुस्तक लोकार्पण गरे ।

पुस्तकमा केडिया परिवारसम्बन्धी जोडिएको इतिहाससमेत समेटिएको कार्यक्रममा जानकारी दिइयो । पाँच अध्यायमा सीमित पुस्तकमा स्व. वृजलाल केडियाको व्यापारिक व्यक्तित्व, उनको परिवारको पृष्ठभूमि र ऐतिहासिक पाटो, व्यावसायिक कालक्रम, उनको धार्मिक प्रवृत्ति र सादा जीवन र उनलाई चिन्नेहरूका आलेख समेटिएको छ ।

वृजलाल जीवित रहेकै बेला पुस्तक लेख्न सुरु गरिएको र पछि उनका बारे विभिन्न व्यक्तिले लेखेका लेखलाई समेटेर यो कृति तयार पारिएको कार्यक्रममा बताइयो ।

२०२७ सालको खाद्यसंकटका बेला वृजलालले सरकारलाई एक करोड रुपैयाँ बराबरको खाद्यान्न सरकारलाई उधारोमा दिएको प्रसंगदेखि आठ वर्षको उमेरमा वीरगन्ज बजारमा पापक र अनारदाना बेच्ने बालकले कपडा, दालमोठ–दाल मिल, खाद्यान्न आपूर्ति, टेलकम पाउडर, पेट्रोल पम्प हुँदै सर्लाहीको चिनी मिलसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने चर्चा पुस्तकमा गरिएको छ ।

यो पुस्तक तयार गर्न ४० भन्दा बढी व्यक्तिको सुझाव लिइएको र सन्दर्भ सामग्रीमा विभिन्न पुस्तक तथा पत्रपत्रिका र कदरपत्र रहेका कार्यक्रममा जनाकारी दिइयो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
मोहन गोले तामाङका दुई पुस्तक विमोचित

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक तामाङको ‘तामाङ संस्कार संस्कृति’ र ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तक संयुक्त रूपमा …

#पुस्तक
Compare →
Hamro Patro News
1w ago
प्रेमदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, सोनियाले पुस्तकमा खुलाइन् यी प्रसंग

प्रेमदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, सोनियाले पुस्तकमा खुलाइन् यी प्रसंग

काठमाडौं । भारतीय कांग्रेर (कांग्रेस आई) की पूर्वअध्यक्ष सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलोंगिङ : अ जर्नी अफ लभ’ नोभेम्बर १० मा भारतमा सार्वजनिक भएको छ । सरकारको आलोचना गरेका कारण पेन्गुइन ...

#पुस्तक
Compare →

Related Stories

Business & Economy
Build #2612