Trending
Prev Story
Next Story

पुस्तक संसार : यो साता बजारमा नयाँ

Ekantipur •
November 21, 2026 • 07:32 AM
3
3 reads 0 reactions

नेपाली पुस्तक बजारमा यो साता इतिहास, दर्शन-चिन्तन, राजनीति-संस्कृति विषयका नयाँ पुस्तक सार्वजनिक भएका छन् ।

पुस्तक संसार : यो साता बजारमा नयाँ

नेपाली पुस्तक बजारमा यो साता इतिहास, दर्शन-चिन्तन, राजनीति-संस्कृति विषयका नयाँ पुस्तक सार्वजनिक भएका छन् ।

काठमाडौँ — नेपाली पाठकका लागि यो साता बजारमा नयाँनयाँ विधाका पुस्तक आएका छन् । इतिहास, दर्शन-चिन्तन, राजनीति र संस्कृति लगायतका नयाँ पुस्तकबारे संक्षेपमा जानकारी दिने कोसिस गरेका छौं ।

लेखक तथा अभियन्ता मोहन गोले तामाङका दुई पुस्तक एक साथ सार्वजनिक गरिएको छ । ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’पाठकमाझ आएको हो ।

लेखक तामाङले ३५/३६ वर्षदेखि अभियन्ताका रूपमा देश घुम्दाका अनुभव पुस्तकमा समेटिएको बताए । विभिन्न आन्दोलनमा सहभागी हुँदा र नेपाल तामाङ घेदुङको १० वर्षसम्म नेतृत्व गर्दाका अनुभव अभिलेखीकरण गरिएको उनको भनाइ छ ।

लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक सार्वजनिक भएको छ । अधिकारी राससका कार्यकारी सम्पादक हुन् । पुस्तकमा कर्मवादलाई आधुनिक जीवन, राजनीति र राष्ट्रनिर्माणसँग जोडिएको छ । लेखक अधिकारीले कर्म, नैतिकता, जिम्मेवारी, पुरुषार्थ र सामाजिक उत्तरदायित्वलाई आधुनिक जीवन तथा राष्ट्रनिर्माणसँग जोडेर पुस्तकमा विश्लेषण गरिएको बताएका छन् ।

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरका बारेमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा तयार पारिएको ‘शक्तिपीठ पाथीभरा’ नामक पुस्तक शुक्रबार विमोचन सार्वजनिक भयो । हर्कराज गुरुङको लेखन तथा सम्पादनमा पुस्तक तयार गरिएको हो ।

पुस्तकमा पाथीभराको परिचय र धार्मिक महत्वबारे लेखिएको छ । तीन भाषामा रहेको पुस्तकले पाथीभराको धार्मिक तथा पर्यटकीय पहिचानलाई स्वदेश तथा विदेशमा प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुस्तक पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको हो ।

इतिहासकार महेशराज पन्तको पुस्तक 'राणा : काल, कर्ता र किताब' शुक्रबार पाठकमाझ आएको छ । पुस्तकमा पन्तले राणा कालखण्डका केही पात्र र पुस्तकबारे मिहिन तथ्य-सूचना-विश्लेषण पस्केका छन् । यो पुस्तक नेपालको आधुनिक इतिहास बुझ्न चाहने सबैका लागि भरपर्दो स्रोत-सामग्री हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
मोहन गोले तामाङका दुई पुस्तक विमोचित

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक तामाङको ‘तामाङ संस्कार संस्कृति’ र ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तक संयुक्त रूपमा …

#पुस्तक #तामाङ
Compare →
Arthasansar
5d ago
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

#संस्कृति #इतिहास
Compare →
Hamro Patro News
6d ago
‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ पुनः संशोधनका लागि छलफल

‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ पुनः संशोधनका लागि छलफल

तामाङ समुदायको जन्मदेखि मृत्युसम्ममा अपनाउने विभिन्न संस्कार संस्कृतिमा एकरुपता ल्याउन प्रकाशित “तामाङ संस्कार–संस्कृति निर्देशिका” लाई पुनः संसोधनका लागि छलफलको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय ...

#तामाङ #संस्कृति
Compare →

Related Stories

Education & Youth
Build #2612