Trending
Prev Story
Next Story

शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि प्रसारण हुने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

नेपालको चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ को दोस्रो सिजन आगामी मंसिर १६ गतेदेखि प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट उत्पादन तथा प्रसारण हुँदै आएको यो शो हरेक बुधबार र बिहीबार राति ८ …

शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि प्रसारण हुने

नेपालको चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ को दोस्रो सिजन आगामी मंसिर १६ गतेदेखि प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट उत्पादन तथा प्रसारण हुँदै आएको यो शो हरेक बुधबार र बिहीबार राति ८ बजे प्रसारण हुनेछ ।

डिसेम्बर २, २०२६ देखि सुरु हुने दोस्रो सिजनमा नेपाली उद्यमशीलता, नवीन व्यावसायिक सोच र लगानीका सम्भावनालाई थप व्यापक रूपमा प्रस्तुत गरिने हिमालय टेलिभिजनले जनाएको छ ।

यस सिजनमा करिब ७० जना उद्यमीले आफ्ना व्यावसायिक योजना तथा अवधारणा प्रस्तुत गर्दै लगानीका लागि शार्कहरूसमक्ष प्रस्ताव राखेका थिए । ती उद्यममा करिब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जुटेको टेलिभिजनले सार्वजनिक गरेको छ ।

दोस्रो सिजनमा पनि नेपालको व्यावसायिक क्षेत्रमा स्थापित पाँच जना उद्यमी तथा उद्योगपति शार्कका रूपमा सहभागी छन् । आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया, पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति र वैद्य अर्गनाइजेसनकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यले यस सिजनमा शार्कका रूपमा नवउद्यमीहरूका व्यावसायिक प्रस्तावको मूल्यांकन गर्दै लगानीका लागि प्रतिबद्धता जनाएका छन् ।

‘शार्क ट्यांक नेपाल’ ले नेपाली उद्यमीहरूलाई आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने, स्थापित व्यवसायीबाट मार्गदर्शन प्राप्त गर्ने र लगानी जुटाउने अवसर प्रदान गर्दै आएको छ । यसले नेपालमा उद्यमशीलताको संस्कृति विकास, नवीन सोचलाई प्रोत्साहन र लगानीको वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नयाँ उद्यम, नयाँ सोच र लगानीका रोमाञ्चक प्रस्तावसहित ‘शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि हरेक बुधबार र बिहीबार राति ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । उपाधि ...

#सिजन
Compare →
Nagarik News
1d ago
मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#सिजन
Compare →
Ekantipur
1d ago
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सूचना अनुसार इच्छुक योग्य व्यक्तिले २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

#प्रसारण
Compare →
Bizshala
2d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#मंसिर #गते
Compare →

Related Stories

National (Nepal)
Build #2612