Trending
Prev Story
Next Story

भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

Ekantipur •
November 22, 2026 • 04:33 PM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

कञ्चनपुर — भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लाअन्तर्गत झनकैया क्षेत्रको जंगलमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दोधारा चाँदनीका ३१ वर्षीय गोपिन दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् । भारतीय प्रहरीले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको जानकारी दिएको नेपाल प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार दमाईको शरीरमा घाउसमेत देखिएको छ । आफन्तले आइतबार उद्यमसिंहनगर पुगेर शव पहिचान गरेर ल्याएको प्रहरीले जनाएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सु...

#मृत्यु #बाघ #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612