Trending
Prev Story
Next Story

कोरियामा मृत्यु भएका नेपाली श्रमिकको शव फिर्ताको जिम्मा रोजगारदातालाई दिन आग्रह

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए उनीहरूको शव नेपाल पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने बताएका छन् । मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे …

कोरियामा मृत्यु भएका नेपाली श्रमिकको शव फिर्ताको जिम्मा रोजगारदातालाई दिन आग्रह

४ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए उनीहरूको शव नेपाल पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने बताएका छन् ।

मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे क्युङसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् । भेटमा नेपाल र दक्षिण कोरियाबीच श्रम तथा रोजगार क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सोही अवसरमा मन्त्री यादवले श्रम सहकार्य सम्बन्धी समझदारीपत्र नवीकरणका लागि नेपाल सरकारले आफ्नो प्रस्ताव कोरियाली पक्षलाई पठाइसकेको जानकारी गराउँदै त्यसलाई छिटो टुंग्याउन आग्रह गरे । नेपालले पठाएको प्रस्तावबारे कोरियाली पक्षको जवाफ यथाशीघ्र उपलब्ध गराउन पनि उनको अनुरोध छ ।

त्यस्तै कोरियामा रोजगारी क्रममा नेपाली श्रमिकको मृत्यु भए शव नेपाल फिर्ता पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा पनि मन्त्री यादवले जोड दिएका थिए ।

मन्त्री यादवले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकको सिप, ज्ञान र अनुभव स्वदेशमै रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले सरकारले ‘रिटर्नी कनेक्ट एप’ सञ्चालनमा ल्याउन लागेको जानकारी गराए । उक्त पहलमा सहकार्य गर्न उनले कोरियाली पक्षलाई आग्रह गरे ।

भेटमा नेपाली श्रमिकको अधिकार तथा कल्याणको संरक्षण, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन, सिप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुन: एकीकरणका अवसर विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

सोल । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथ...

#दक्षिण #कोरिया
Compare →
Ekantipur
7h ago
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको १५ वर्षे सजाय उल्टियो, पुनः सुनुवाइ हुने

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको १५ वर्षे सजाय उल्टियो, पुनः सुनुवाइ हुने

पूर्वराष्ट्रपति युन सुक–योलले घोषणा गरेको सैनिक शासन लागू गराउन सहयोग गरेको र विद्रोहमा साथ दिएको अभियोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चले मुद्दा पुनर्विचारका लागि सोल उच्च अदालतमा फिर्ता पठाएको छ ।

#दक्षिण #कोरिया
Compare →
Bizshala
2h ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →
Nagarik News
9h ago
कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

#कोरिया
Compare →

Related Stories

National (Nepal)
Build #2612