Trending
Prev Story
Next Story

दक्षिण कोरियामा १० वर्षपछि हैजा

Onlinekhabar •
November 20, 2026 • 11:31 AM
2
2 reads 0 reactions

४ मङ्सिर, सियोल (रासस/एपी)। दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी …

दक्षिण कोरियामा १० वर्षपछि हैजा

४ मङ्सिर, सियोल (रासस/एपी)। दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर घर फर्किसकेका छन् । उनले पछिल्लो दुई महिनामा विदेश यात्रा नगरेको पाइएको छ । सङ्क्रमणको स्रोत र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको एजेन्सीले जनाएको छ ।

सन् २०१६ पछि दक्षिण कोरियामा हैजा पुष्टि भएको यो पहिलो घटना हो । सन् २००१ मा भएको ठूलो प्रकोपमा कम्तीमा १६२ जना सङ्क्रमित भएका थिए ।

हैजा दूषित पानी र खानाबाट फैलिने रोग हो । सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताको सम्पर्कबाट पनि सर्न सक्ने यस रोगले गम्भीर अवस्थामा शरीरमा पानीको कमी गराई ज्यानसमेत लिन सक्छ ।

स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी पिउन, खाना राम्ररी पकाएर खान तथा फलफूल र तरकारी धोएर प्रयोग गर्न आग्रह गरेका छन् । शङ्कास्पद बिरामीको तत्काल परीक्षण गरी सङ्क्रमणबारे जानकारी गराउन स्वास्थ्य संस्थाहरूलाई पनि निर्देशन दिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

सोल । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथ...

#कोरिया #हैजा #दक्षिण
Compare →
Ekantipur
6h ago
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको १५ वर्षे सजाय उल्टियो, पुनः सुनुवाइ हुने

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको १५ वर्षे सजाय उल्टियो, पुनः सुनुवाइ हुने

पूर्वराष्ट्रपति युन सुक–योलले घोषणा गरेको सैनिक शासन लागू गराउन सहयोग गरेको र विद्रोहमा साथ दिएको अभियोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चले मुद्दा पुनर्विचारका लागि सोल उच्च अदालतमा फिर्ता पठाएको छ ।

#कोरिया #दक्षिण
Compare →
Nagarik News
4d ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#कोरिया #दक्षिण
Compare →
Bizshala
1w ago
दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

काठमाण्डौ । सार्वजनिक प्रशासनलाई थप सदाचारी, समावेशी, जवाफदेही र नागरिककेन्द्रित बनाउने निष्कर्षसहित सार्वजनिक...

#दक्षिण
Compare →

Related Stories

Health & Wellness
Build #2612