Trending
Prev Story
Next Story

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् । घरबाट निस्किएका …

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् ।

घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको हो ।

भारतीय प्रहरीले शव फेला परेको जानकारीसहित तस्वीर पनि पठाएको थियो ।

भारतीय अधिकारीहरूले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको बताएका छन् । उनको शरीरका विभिन्न भागमा चोटपटक तथा गहिरा घाउका निशान देखिएको आफन्तले बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि मृतकका परिवारका सदस्य र दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंह भारतको उधमसिंह नगर पुगेका थिए ।

शव पहिचान गरेपछि आवश्यक प्रक्रिया र पोस्टमार्टम पूरा गरी शुक्रबार घर ल्याइएको मृतकका भाइ राजकुमार दमाईले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सु...

#भारत #बाघ #आक्रमण
Compare →
Ekantipur
just now
भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

#जंगल #बाघ #मृत्यु
Compare →
Nagarik News
3h ago
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#भारत #भारतीय
Compare →
Bizshala
6h ago
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

#भारत #भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2612