भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको पनि बताएका छन् ।
काठमाडौं — भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि भारतका विदेशमन्त्री एस जयशंकरले भारतले नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिने बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटपछि सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो । भारतका प्रधानमन्त्री मोदीसँग वालेन्द्र शाहको भेट सोमबार हुँदैछ ।