सुदूरपश्चिमले शनिबार फाइनलमा पक्षमा एकोहोरो जस्तै रह्यो । फाइनल अगाडि एक खाले डर थियो, कतै यो टिम फेरि एकपल्ट उपाधिको नजिक पुगेर पनि चुक्यो भने ? त्यसमाथि लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन उत्तिकै प्रभावशाली रहेन्, जति यसअघिका दुई सिजन थिए ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उपाधि त्यही टिमले जितेको छ, जसले जितोस भन्ने तटस्थ कामना धेरैको थियो । लगातार दुई पल्ट फाइनल पुगेर पनि हारेको टिमले तेस्रो प्रयासमा जित्छ भने त्यो खुसी दिने खालकै हुन्छ ।
सुदूरपश्चिमले शनिबार फाइनलमा पक्षमा एकोहोरो जस्तै रह्यो । फाइनल अगाडि एक खाले डर थियो, कतै यो टिम फेरि एकपल्ट उपाधिको नजिक पुगेर पनि चुक्यो भने ? त्यसमाथि लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन उत्तिकै प्रभावशाली रहेन्, जति यसअघिका दुई सिजन थिए ।
लुम्बिनी लायन्स पनि फाइनल अगाडि एक प्रकारले लयमै थियो, जसलाई टिम आपैmले बारम्बार ‘मोमेन्टम’ को नाम दिएको थियो । तर जसरी सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा आप्mनो इनिङ्स खेल्यो, त्यो अद्धितीय नै रह्यो । जर्ज मुन्सीले त्यसरी खेले कि लागिरहेको थियो, जुन सुकै लक्ष्य अगाडि रहेको भए पनि त्यसलाई पार लगाइन्थ्यो । त्यसैले जति जति बेला एनपीएलको तेस्रो सिजनको चर्चा गरिनेछ, त्यसमा सबैभन्दा आगडि आउने तथ्य भनेकै सुदूरपश्चिमम च्याम्पियन हुनु रहनेछ ।
अनि जसरी स्कटल्यान्डका ती ओपनर मुन्सीले खेले, त्यसको पछिसम्म पनि दोहराएर चर्चा गरिनेछ । पूरा प्रतियोगितालाई एउटा सिनेमा मान्ने हो भने मुन्सीले फाइनलमा पुगेर त्यस्तो ‘क्यामियो’ भूमिका खेले, जसले सुदूरपश्चिमको त्यस अगाडि पूरा गर्न नसकेको सपनालाई साकार पारे । प्रतियोगिताको पूरा पटकथाको अधिकांस भागमा मुन्सी कतै थिएनन् । तर एउटा यस्तो इनिङ्स खेले, जसले उनलाई नै निर्णायक बनायो । उनी एकाएक नायक बने ।
तीन सिजनको समाप्तीमा सुदूरपश्चिम अब त्यस्तो टिम भएको छ, जसलाई सबैभन्दा अब्बल र सफल मान्न सकिन्छ । अबको सिजन एकातर्फ सुदूरपश्चिम हुनेछ, अनि अर्कोतर्फ बाँकी सात टिम । यी अन्य टिमको काम भनेकै सुदूरपश्चिमलाई डिफेन्डिङ च्याम्पियनका रूपमा थप उपाधि जित्नुबाट रोक्नु हुनेछ । होइन् भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम अबको सिजनमा असाध्यै बलियो भएर प्रस्तुत हुन सक्नेछ । अहिलेका लागि खालि यति भने पुग्छ, तेस्रो सिजन भन्नु नै ‘सुदूरपश्चिम च्याम्पियन एक मात्र सत्य’ भएको छ ।
तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास खास कारणले गर्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पु¥याउने काम गरेको थियो । त्यसैले धेरै खेलाडी र प्रशिक्षकले यसको आलोचना गरे । प्रतियोगिताका लागि तीन पिच प्रयोगमा आएका थिए र यी नवनिर्मित जस्तै थिए । प्रतियोगिताका अगाडि टी–२० पिच तयार पार्न समय अलिकति पुगेको थिएन् ।
मौसमले पनि अनेक मोडमा बाधा पु¥याएकै थियो । पूरा सिजन दुई सय माथिको स्कोर तीन पल्ट मात्रै खडा भएको थियो । यसको अर्थ के भने यो पिचमा खुलेर रन बटुल्न ब्याटर संघषरत रह्यो । पावर–प्लेमा पनि सक्दो रन बनेन्, बरू विकेट नै धेरै खसे । यहाँनिर चितवन राइनोजका कप्तान सिकन्दर राजाको एउटा भनाई उल्लेख गर्नु नै पर्छ । उनका अनुसार नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पु¥याउने हो भने पिच अझ राम्रो हुनु पर्नेछ, त्यसमा बढी रन बनाउन सकिने खालमा हुनु पर्छ ।
राम्रो पिचले नै नेपाली ब्याटरलाई अबको दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा अझ राम्रो खेल्न मदत गर्नेछ, उनी यस्तै भन्थे । र, यो नै धेरैहदसम्म वास्तविक तथ्य हो । यति भन्दा भन्दै यहाँनिर प्रतियोगिताको पहिलो दिन च्याम्पियन बनेको सुदूरपश्चिमका प्रशिक्षक मिसबह उल–हकले जे भने, त्यसलाई पनि बिर्सनु चाहिँ हुन्न । उनी भन्थे, पिच सायद धेरै खराव छैन्, ब्याटरले नै खराव खेलेका हुन् । केही हदसम्म यी पाकिस्तानी लिजेन्डको भनाई पनि ठीक हो ।
उनीहरूको भनाइबाट बीचको निचोड के हो भने तेस्रो सिजनको एनपीएल जत्तिकै तामझामले सकिएको भएता पनि नेपाली क्रिकेटले गर्नु पर्ने काम धेरै बाँकी छ । त्यो भनेको नेपाली क्रिकेट टी–२० ढाँचामै मात्र अल्झिरहनु हुन्न । घरेलु क्रिकेटलाई अझ बलियो बनाउनु पर्ने हुन्छ । सेतो बलकोे क्रिकेटमै मात्र बढी ध्यान नदिएर रातो बलको खेललाई पनि उत्तिकै महत्व दिनु पर्छ । दुई अथवा त्यो भन्दा बढी दिन खेलिने क्रिकेटले नै राम्रो ब्याटर अथवा बलर दिनेछ, त्यो पनि बिर्सन हुन्न ।
हामीसँग पूरा प्रतियोगिताको अचुक विश्लेषण गर्ने तथ्यांक र आधार उपलब्ध छैनन्, तर एउटा तथ्य के हो भने हाम्रो स्वदेशी खेलाडीले विदेशी खेलाडीको तुलनामा केही पछाडि नै देखिए । सुरुका केही खेलमा ‘प्लेयर अफ द म्याच’ मा नेपालीको वर्चश्व रहँदा सबैे खुसी थिए । तर प्रतियोगिता अगाडि बढ्दै जा“दा खेलमा होस अथवा निर्णायक मोडमा विदेशी खेलाडी नै हाबी रहे । नेपाली खेलाडी प्रतियोगिता अगाडि बढ्ने क्रममा केही थाकेको, खुलेर खेल्न नसकेको पनि देखियो ।
प्रतियोगिताको लिग चरणमा जति बेला प्ले–अफ समीकरण बन्ने मोड आयो, अनि इलिमिनेटरदेखि क्वालिफायर र फाइनलनै भए, त्यसमा विदेशी खेलाड हाबी हुन थाले । स्वेदशी खेलाडीको प्रदर्शन केही ओझेलमै परेको अनुभव गर्न सकिन्थ्यो । यहाँनिर भने जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारायन चन्द्रपउलको भनँइ उल्लेख गर्न आवश्यक छ । आप्mनो टिम कमजोर भएर पुछारमा परेपछि निराश यी वेस्ट इन्डिजका महान खेलाडीको भनाई थियो, एनपीएलमा कुनै पनि टिमले राम्रो गर्नु छ भने खेल्नु पर्ने त नेपाली खेलाडीनै हुन्छ, विदेशी होइन् ।
यस्तोमा कुरा उही फेरि हुन्छ, नेपाली खेलाडीको स्तर बढाउन जे जस्तो काम आवश्यक हुन्छ, यो पूरा गर्नु पर्छ । त्योे भने माथिल्लो स्तरको लामो समयको क्रिकेट नै हुन सक्छ । नाम चलेका जति पनि विदेशी खेलाडी आए, तिनीसँग डे«सिङ रुममा बिताएर नेपाली खेलाडीले धेरै सिकेको पनि छन् होला, अथवा अबका दिनमा नेपाली खेलाडीको आत्मविश्वास नै बेग्लै स्तरमा पुगेको हुनु पर्छ । तर तिनै विदेशी खेलाडीले प्रतियोगिता बीचमै छाडेर गएर केही नमज्जाको काम पनि गरे ।
खास खास विदेशी खेलाडीको अनुपस्थितिले उनको टिमलाई असाध्यै धेरै खराव प्रभाव परेको पनि देखियो । एउटा प्रमुख खेलाडी एकाएक फर्कदा टिमको सन्तुलन तलमाथि हुन्छ नै । प्रतियोगिताको अन्त्य अन्त्यतिर यो असन्तुलन धेरै दखियो पनि । यस्तोमा आवाज पनि सुन्न थालिएको छ, पूरा सिजन खेल्छु भनेर ‘कमिटमेन्ट’ गर्ने विदेशी खेलाडी चाहिन्छ, नत्र केही खेलमै सीमित हुने खेलाडीले उल्टै टिमलाई बिगार्न पो सक्छ । यो तथ्य पनि धेरै हदसम्म सत्य देखिएको छ ।