Trending
Prev Story
Next Story

तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले …

तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल च्याम्पियन बन्ने इतिहास रचेको हो ।

पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जित्यो । यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ ।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ ।

सुदूरपश्चिमले पहिलो संस्करणदेखि नै आफूलाई एनपीएलको बलियो टोलीका रूपमा स्थापित गरेको थियो । पहिलो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर उपाधि भिडन्तमा जनकपुरसँग पराजित भएपछि टोली उपविजेतामा सीमित भयो ।

दोस्रो संस्करणमा पनि सुदूरपश्चिमको प्रदर्शन उत्कृष्ट रह्यो । लिग चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको उसले विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनायो । तर फाइनलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएपछि लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनुपर्‍यो ।

तेस्रो संस्करणमा सुदूरपश्चिमको सुरुवात पनि सहज रहेन । पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले तेस्रो खेलमा विराटनगर किंग्सलाई हराउँदै पुनरागमन गर्‍यो । त्यसपछि लिग चरणमा लगातार चार खेल जित्दै प्लेअफमा स्थान बनायो ।

लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा फेरि लुम्बिनीसँग पराजित भयो । तर दोस्रो अवसरको सदुपयोग गर्दै दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर लगातार तेस्रो पटक फाइनलमा पुग्यो ।

फेरि प्रतिद्वन्द्वी लुम्बिनी नै थियो । अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हार र यस सिजन लिग चरण तथा पहिलो क्वालिफायरमा भोगेका पराजयको बदला लिने अवसर सुदूरपश्चिमसँग थियो ।

यसपटक भने टोलीले कुनै गल्ती गरेन । जर्ज मन्सेको विस्फोटक शतकको मद्दतमा १० विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिमले उपाधि आफ्नो बनायो ।

सुदूरपश्चिमका लागि यो उपाधि जित मात्र थिएन, लुम्बिनीविरुद्धको लगातार तीन हारको जवाफ पनि थियो ।

दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा पनि उसैसँग हार बेहोरेको थियो ।

एउटै सिजनमा दुई पटक पराजित भएपछि फाइनलमा लुम्बिनीलाई हराउनु सुदूरपश्चिमका लागि प्रतिष्ठाको विषयसमेत बनेको थियो ।

निर्णायक खेलमा भने सुदूरपश्चिमले एकपक्षीय प्रदर्शन गर्‍यो । ब्याटिङ, बलिङ र समग्र खेलमा उत्कृष्ट देखिएको टोलीले १० विकेटको जितसहित लुम्बिनीमाथि निर्णायक प्रहार गर्‍यो ।

सुदूरपश्चिमको ऐतिहासिक जितका मुख्य नायक बने स्कटल्यान्डका ओपनर जर्ज मन्से । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा उनले आक्रामक ब्याटिङ गर्दै अविजित शतक बनाए ।

मन्सेले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ८ चौका र ८ छक्का समावेश थियो । उनले विनोद भण्डारीसँग पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई कुनै विकेट नगुमाई लक्ष्यसम्म पुर्‍याए ।

मन्से एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने । यो तेस्रो संस्करणको तेस्रो तथा समग्र एनपीएल इतिहासको छैटौं शतक हो ।

यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले यस सिजन शतक बनाएका थिए । तर उपाधि भिडन्तमा मन्सेले बनाएको शतक एनपीएल इतिहासकै यादगार व्यक्तिगत प्रदर्शनमध्ये एक बन्यो ।

लगातार दुई पटक उपाधि जित्न नसकेको पीडा, तेस्रो पटक फाइनलमा पुग्दाको दबाब र लुम्बिनीसँगको लगातार तीन हारको इतिहासलाई सुदूरपश्चिमले एकै खेलमा मेटाएको छ । तेस्रो प्रयासमा उपाधि जित्दै सुदूरपश्चिमले एनपीएलमा आफ्नो नयाँ इतिहास लेखेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
35m ago
तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
5h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
4h ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
54m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612