Trending
Prev Story
Next Story

दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । यसैगरी चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट …

दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।

यसैगरी चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए ।

उनले सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । यस पटक चितवन तेस्रो भयो ।

रिजनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एण्ड जाएको कार पुरस्कार पाए ।

यस्तै रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जिते ।

यस्तै प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित भए । उनले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए । उनले ५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यस्तै रेड बूल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित भए । उनले नगद २ लाख हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटगर किंग्सका लोकेश बम घोषित भए । उनले २४२ रन बनाए । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्।

यसैगरी जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जिते । उनले पनि पल्सर मोटरबाइक अवार्ड जिते ।

सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गरेका सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् ।

उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गर्‍यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । यसैग...

#एनपीएल #प्रिमियर-लिग #रिजन
Compare →
Nagarik News
45m ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #रिजन
Compare →
Ekantipur
1h ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612