नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै, चितवन राइनोजका बलर रिजन ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै कार जितेका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा दीपेन्द्रले तीन अर्धशतकसहित २१८ रन बनाएका थिए । बलिङतर्फ पनि उनले ६ विकेट लिएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )