Trending
Prev Story
Next Story

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

Bizshala •
November 20, 2026 • 12:04 PM
2
2 reads 0 reactions

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप देखिएको छ। शुक्रबार अनलाइनमार्फत बिक्री खुला गरिएको टिकट केही मिनेटमै सकिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले टिकट खरिदका लागि एकैपटक करिब दुई लाख व्यक्तिले प्रयास गरेको जनाएको छ। टिकटको माग अत्यधिक हुँदा धेरै क्रिकेटप्रेमीले टिकट पाउन नसकेको गुनासो गरेका छन्।

फाइनलको टिकट शुक्रबार दिउँसो १ बजेदेखि बिक्री सुरु हुने सूचना दिइएको थियो। तर निर्धारित समयभन्दा अगाडि नै अनलाइन टिकटिङ प्रणालीमा टिकट सकिएको देखिएपछि दर्शक आक्रोशित बनेका थिए।

कतिपय प्रयोगकर्ताले दिउँसो १२ बजेर ५७ मिनेटमै टिकट 'सोल्ड आउट' देखिएको बताएका छन्। केहीले दिउँसो १ बजेर १ मिनेटमा टिकट खरिद गर्ने प्रयास गर्दासमेत सफल नभएको गुनासो गरेका छन्।

टिकट बिक्री सुरु नहुँदै सकिएको देखिएपछि सामाजिक सञ्जालमा टिकट वितरण प्रणालीको पारदर्शितामाथि प्रश्न उठाइएको छ।

एनपीएलको तेस्रो संस्करणका लागि क्यानले अनलाइन टिकट बिक्रीको जिम्मेवारी इसेवालाई दिएको छ।

फाइनल खेलका लागि साधारणतर्फ एक हजार रुपैयाँ र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

यसअघि पनि एनपीएलका विभिन्न खेलका टिकट बिक्री खुल्नेबित्तिकै सकिने तथा टिकटिङ प्रणालीमा समस्या देखिने गरेको भन्दै दर्शकले असन्तुष्टि जनाउँदै आएका थिए।

फाइनलको टिकट वितरणमा देखिएको समस्याले टिकट व्यवस्थापन र सबै दर्शकलाई समान रूपमा टिकट खरिदको अवसर उपलब्ध गराउने विषयमा थप प्रश्न उठाएको छ।

एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुने तालिका छ।

लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम यसअघिका दुई संस्करणमा उपविजेता बनेपछि यसपटक पहिलो उपाधि जित्ने प्रयासमा हुनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Ekantipur
1h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

#एनपीएल #टिकट #खरिद
Compare →
Onlinekhabar
1h ago
एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ …

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Hamro Patro News
20h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न क्वालिफायर २ अन्तरगतको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम लगा...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Arthasansar
1d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612